कार्तिक १५, २०८२ शनिबार | १४:४५:२६
एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित एरिका सम्मानित अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित

एसियाली खेलकुदमा सहभागिता सुनिश्चित गर्न एनएनआइपिएको आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपि)ले अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपालको सहभागिताप्रति चिन्ता ब्यक्त गरेको छ ।

एनएनआइपिएले शुक्रबार विज्ञप्ती जारी गर्दै नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच सुरु भएको विवादले अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता हुने नहुनेमा आशंका बढ्न थालेको भन्दै ध्यानाकर्षण गराएको हो  ।

‘नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच सुरु भएको विवादले अर्को वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता हुने नहुनेमा आशंका बढ्न थालेको छ,’ एनएनआएपिए अध्यक्ष दीपक श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस्ता विवादका घटनाक्रमले मिसन २०२६ को विशेष प्रशिक्षण तथा अन्य नियमित प्रशिक्षणमा रहेका खेलाडी अन्योलमा परेका छन् । यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं ।’

विवादमा को सहि को गलत भन्दा पनि एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता निश्चित गराउन सबै पक्षको पहलका लागि खेलाडी संघले आग्रह गरेको छ ।

नेपालमा हाल सरकार र नेपाल ओलम्पिकक कमिटीको विवादले २०२६ सेप्टेम्बरमा आइची नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालको सहभागिता हुने नहुने अन्योल छ ।

२०औं एसियन गेम्सका लागि यसअघि नै युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीबाट फरक(फरक सूची आयोजकलाई पठाइएको थियो । जसमा मन्त्रालयले पठाएको ३१ खेलको सूची दर्ता भएन भने ओलम्पिक कमिटीले पठाएको ३० खेलको सूची दर्ता भएको थियो ।

तर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ओलम्पिक कमिटीको नयाँ तदर्थ समिति गठन गरेर एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता गराउन पहल गर्ने केही दिअघि भएको एक कार्यक्रममा बताएका थिए ।

खेलाडीहरू मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षण गरिरहेका छन् । तर खेलकुदका सम्बन्धित निकायहरू भने आ-आफ्नो अडानमा बस्दा अहिले त्यसको प्रत्यक्ष मार खेलाडीमा परिरहेको छ ।


भिडियो
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।