फाल्गुन ७, २०८२ बिहीबार | ०७:०५:३०
आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा पुलिसलाई हराउँदै आर्मी फाइनलमा एन्फाको ‘अर्ली इलेक्सन’ फेरि अन्योलमा अपराजित रहँदै दक्षिण अफ्रिका सुपर आठमा नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट
शनिबारको दिन

लिभरपुललाई भयो के ?

काठमाडौं । मज्जाले राम्रो खेलिरहेको टिम एकाएक कसरी धरासयीजस्तै हुन सक्छ ? यसको उदाहरण बनेको छ, लिभरपुल ।

गत सिजन लिभरपुलले सबैलाई अचम्ममा पारेर इङ्लिस प्रिमियर लिगको उपाधि जितेको थियो । यो सिजनको सुरुमा जसरी लिभरपुलले सनसनीपूर्ण सुरुआत गरेको थियो, सबैले भन्न थालेका थिए, यसपल्ट पनि प्रिमियर लिग जित्ने टिम यही हो ।

तर यस्तो विश्लेषणले अहिले ठ्याक्कै उल्टो बाटो लिएको छ । अबको प्रश्न हो, साँच्चै लिभरपुललाई भयो के ? पछिल्लो एक महिना जतिको समयमा लिभरपुलको प्रदर्शन यति धेरै खराब भएको छ कि, तथ्यांकले भन्छः युरोपका ठूला पाँच लिगमा यो जत्तिको खराव टिम अरू कुनै छैन् । भयो के भन्दाभर्खरै लिभरपुल लिग कपको अन्तिम १६ मा क्रिस्टल प्यालेससँग पराजित भयो ।

टिमभित्र न त रक्षापंक्तिमा कुरा मिलेको छ, न अग्रपंक्तिमा ।

त्यसको अर्थ क्वार्टरफाइनलअगाडि नै लिग कपको सबैभन्दा सफल टिमको चुनौती समाप्त भइसकेको छ । लिभरपुलले खेलेका पछिल्ला ७ खेलमध्ये ६ खेलमा पराजय भोगिसकेको छ । लिभरपुलले यसबीच हात पारेको एउटै मात्र जित भनेको युरोपियन च्याम्पियन्स लिगमा इक्ट्राक्ट फ्रयांकफर्टविरुद्ध हो । सबैभन्दा ठूलो कुरा, लिभरपुल आफ्नै घरमा लगातार हारिरहेको छ । घरमै हार्ने शृंखलाले पाँच खेल छोइसकेको छ ।

सन् १९५३ यता घरमा लिभरपुलको यो अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन हो । सेप्टेम्बर २७ यता युरोपका ठूला पाँच लिगमा यसरी यति धेरै खेल गुमाउने टिम भनेकै लिभरपुल मात्र रहेको छ । अझ पछिल्लो ८० दिनमा प्यालेसले लिभरपुललाई एक पटक होइन, दुई पटक होइन, तीन पटक हराएको छ । अहिले लिग कपमा, त्यस अगाडि प्रिमियर लिगमा । त्यसभन्दा अगाडि कम्युनिटी सिल्डमा ।

लिरभपुलले किन अहिले खराब खेलिरहेको छ ? त्यसको उत्तर अहिले नै आउने छैन ।

अहिले लिग कपमा बेहोरेको हारमा पनि लिभरपुलले अलिकति कमजोर टिम नै उतारेको थियो, केही किशोर खेलाडीसहित । के यो टिम चयन ठीक थियो त ? यसबारे पनि प्रश्न उठेको छ । अब त टिमका प्रशिक्षक आर्ने स्लटको रणनीतिमै पनि प्रश्न उठ्न थालेका छन् । अनि धेरैले क्लबको यो लगातार खराब प्रदर्शनको जिम्मेवारी स्लट मात्रै हुन सक्ने पनि बताउँन थालेका छन् ।

फेरि लिभरपुलको यो प्रदर्शन त्यस्तो सिजनमा देखिएको छ, जति बेला क्लबले नयाँ खेलाडीका लागि भनेर अरू कसैले नसक्ने गरेर कीर्तिमानी रकम खर्चेको थियो । भनिएको के छ भने नयाँ खेलाडी आएपछि एक त टिम भित्रको समीकरण बिग्रेको छ । अझ त्यसमाथि लिभरपुलले यही सिजन केही निकै उपयोगी खेलाडीलाई बेचेको छ । अनि टिमभित्र न त रक्षापंक्तिमा कुरा मिलेको छ, न अग्रपंक्तिमा ।

लिरभपुलले किन अहिले खराब खेलिरहेको छ ? त्यसको उत्तर अहिले नै आउने छैन । अबका केही दिनमा हुने विकासक्रमले धेरे अर्थ लाग्नेछ । तर एउटा तथ्य भने निश्चित भएको छ, फुटबलमा धेरै खर्चेर राम्रा भनिएका खेलाडी ल्याउँदैमा मात्र टिम राम्रो हुने होइन । यसले के पनि फेरि एकपल्ट प्रमाणित भएको छ भने पैसाले सफलता किन्न सकिन्न । सकिएको भए त लिभरपुल यो सिजन हार्नै नपर्ने टिम थियो ।