पुस १, २०८२ बुधबार | १५:४५:०७
ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा ज्ञान संस्कार तेस्रो स्केट च्याम्पियनसिप हुने चेल्सीको जितमा गर्नाचोको दुई गोल बार्सिलोनाको सहज जित साफ महिला क्लब च्याम्पियनसिपः एपिएफको वास्तविक परीक्षण आज, इस्ट बङ्गालसँग खेल्दै नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा
शनिबारको दिन

लिभरपुललाई भयो के ?

काठमाडौं । मज्जाले राम्रो खेलिरहेको टिम एकाएक कसरी धरासयीजस्तै हुन सक्छ ? यसको उदाहरण बनेको छ, लिभरपुल ।

गत सिजन लिभरपुलले सबैलाई अचम्ममा पारेर इङ्लिस प्रिमियर लिगको उपाधि जितेको थियो । यो सिजनको सुरुमा जसरी लिभरपुलले सनसनीपूर्ण सुरुआत गरेको थियो, सबैले भन्न थालेका थिए, यसपल्ट पनि प्रिमियर लिग जित्ने टिम यही हो ।

तर यस्तो विश्लेषणले अहिले ठ्याक्कै उल्टो बाटो लिएको छ । अबको प्रश्न हो, साँच्चै लिभरपुललाई भयो के ? पछिल्लो एक महिना जतिको समयमा लिभरपुलको प्रदर्शन यति धेरै खराब भएको छ कि, तथ्यांकले भन्छः युरोपका ठूला पाँच लिगमा यो जत्तिको खराव टिम अरू कुनै छैन् । भयो के भन्दाभर्खरै लिभरपुल लिग कपको अन्तिम १६ मा क्रिस्टल प्यालेससँग पराजित भयो ।

टिमभित्र न त रक्षापंक्तिमा कुरा मिलेको छ, न अग्रपंक्तिमा ।

त्यसको अर्थ क्वार्टरफाइनलअगाडि नै लिग कपको सबैभन्दा सफल टिमको चुनौती समाप्त भइसकेको छ । लिभरपुलले खेलेका पछिल्ला ७ खेलमध्ये ६ खेलमा पराजय भोगिसकेको छ । लिभरपुलले यसबीच हात पारेको एउटै मात्र जित भनेको युरोपियन च्याम्पियन्स लिगमा इक्ट्राक्ट फ्रयांकफर्टविरुद्ध हो । सबैभन्दा ठूलो कुरा, लिभरपुल आफ्नै घरमा लगातार हारिरहेको छ । घरमै हार्ने शृंखलाले पाँच खेल छोइसकेको छ ।

सन् १९५३ यता घरमा लिभरपुलको यो अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन हो । सेप्टेम्बर २७ यता युरोपका ठूला पाँच लिगमा यसरी यति धेरै खेल गुमाउने टिम भनेकै लिभरपुल मात्र रहेको छ । अझ पछिल्लो ८० दिनमा प्यालेसले लिभरपुललाई एक पटक होइन, दुई पटक होइन, तीन पटक हराएको छ । अहिले लिग कपमा, त्यस अगाडि प्रिमियर लिगमा । त्यसभन्दा अगाडि कम्युनिटी सिल्डमा ।

लिरभपुलले किन अहिले खराब खेलिरहेको छ ? त्यसको उत्तर अहिले नै आउने छैन ।

अहिले लिग कपमा बेहोरेको हारमा पनि लिभरपुलले अलिकति कमजोर टिम नै उतारेको थियो, केही किशोर खेलाडीसहित । के यो टिम चयन ठीक थियो त ? यसबारे पनि प्रश्न उठेको छ । अब त टिमका प्रशिक्षक आर्ने स्लटको रणनीतिमै पनि प्रश्न उठ्न थालेका छन् । अनि धेरैले क्लबको यो लगातार खराब प्रदर्शनको जिम्मेवारी स्लट मात्रै हुन सक्ने पनि बताउँन थालेका छन् ।

फेरि लिभरपुलको यो प्रदर्शन त्यस्तो सिजनमा देखिएको छ, जति बेला क्लबले नयाँ खेलाडीका लागि भनेर अरू कसैले नसक्ने गरेर कीर्तिमानी रकम खर्चेको थियो । भनिएको के छ भने नयाँ खेलाडी आएपछि एक त टिम भित्रको समीकरण बिग्रेको छ । अझ त्यसमाथि लिभरपुलले यही सिजन केही निकै उपयोगी खेलाडीलाई बेचेको छ । अनि टिमभित्र न त रक्षापंक्तिमा कुरा मिलेको छ, न अग्रपंक्तिमा ।

लिरभपुलले किन अहिले खराब खेलिरहेको छ ? त्यसको उत्तर अहिले नै आउने छैन । अबका केही दिनमा हुने विकासक्रमले धेरे अर्थ लाग्नेछ । तर एउटा तथ्य भने निश्चित भएको छ, फुटबलमा धेरै खर्चेर राम्रा भनिएका खेलाडी ल्याउँदैमा मात्र टिम राम्रो हुने होइन । यसले के पनि फेरि एकपल्ट प्रमाणित भएको छ भने पैसाले सफलता किन्न सकिन्न । सकिएको भए त लिभरपुल यो सिजन हार्नै नपर्ने टिम थियो ।