काठमाडौं । नेपाल ओलम्पिक संघ( एनओसी) ले प्रदान गरेको एनओसी अवार्डमा एथलेटिक्सका दीपक अधिकारी र तेक्वान्दोकी सिर्जना घिसिङ उत्कृष्ट खेलाडी चुनिएका छन् ।
दीपक वर्षको उत्कृष्ट पुरुष तथा सिर्जना महिला खेलाडी घोषित भएका हुन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा शुक्रबार सम्पन्न अवार्डका वर्षक प्रशिक्षकमा पुरुषतर्फ तेक्वान्दोका कविराज नेगी लामा तथा महिलतार्फ टेनिसकी रेनुदेवी कोन्डा उत्कृष्ट चुनिए ।
नेपाल वक्सिङ संघ वर्षको उत्कृष्ट खेल संस्था चुनिँदा प्रिन्ट मिडिया अवार्ड गोरखापत्रका प्रजित शाक्यले हात पारे ।
भिजुअल जर्नालिस्ट अवार्ड एनटिभीका प्रज्वल शाक्य तथा स्पोर्टस फोटो जर्नालिस्ट अवार्ड अन्नपूर्ण पोस्टकी सुनिता डंगोलेले प्राप्त गरे ।
यसैगरी शिलापत्रका सरोज तामाङले अनलाइन मिडिया अवार्ड प्राप्त गरे ।
अवार्डसँगै उनीहरुले जनही ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले अवार्ड वितरण गरेका थिए ।