विद्यालय खेलकुद

बौद्ध र भ्याली पब्लिक च्याम्पियन

काठमाडौं । बौद्ध एकेडेमी र भ्याली पब्लिक स्कुल नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) उपत्यकाब्यापी अन्तरविद्यालय बास्केटबलमा च्याम्पियन बनेका छन् । 

बौद्ध पुरुष तथा भ्याली पब्लिक महिलातर्फ च्याम्पियन बनेका हुन् । बौद्धले आइतबार सम्पन्न फाइनल खेलमा भ्याली पब्लिकलाई पराजित गरेको हो । यसैगरी भ्याली पब्लिकले दिक्षालय स्कुललाई हरायो ।

यस्तै राजर्शी गुरुकुल फुटबलतर्फ च्याम्पियन बनेको छ । आइतबार सम्पन्न फाइलन खेलमा एभरेस्ट पब्लिक एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै राजर्शी ३० औं एनएसएसको च्याम्पियन बनेको हो ।

निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा राजर्शीले  बाजी मारेको हो । विद्या संस्कृति स्कुल तेस्रो भयो ।

विजेतालाई एनएसएसका संस्थापक प्रिन्सिपल डा.माधव प्रसाद बराल, प्रतियोगिताका संयोजक प्रभात रिसाल लगायतले पुरस्कृत गरेका थिए । प्रतियोगितामा फुटबलतर्फ १२ र बास्केटबलतर्फ ११ टोलीको सहभागिता थियो ।