अन्य

सातौ राष्ट्रिय हाप्किडोमा लुम्बिनी च्याम्पियन

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार तथा सातौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सम्पन्न भएको छ ।

सेमिनारमा ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तराष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र दक्षिण एयिाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरले प्रशिक्षण दिएका थिए ।

सेमिनारमा नेपाल भारत, पाकिस्तान, बंगलादेश, रुस र दक्षिण कोरियाको प्रतिनिधीत्व थियो ।

यसैगरी सातौ राष्ट्रिय च्याम्पियनसीपमा  लुम्बिनी पहिलो , बागमती दोस्रो र कर्णाली प्रदेश तेस्रो भए । पुरुषमा बागमतीका रबिन तामाङ तथा महिलामा कर्णालीकी सलिना परियार उत्कृष्ट खेलाडी चुनिए । डेमोन्सट्रेसनमा बाग्मती पहिलो,कर्णाली दोस्रो तथा गण्डकी तेस्रो भए ।