अन्य

थाइल्यान्ड कपमा नेपाललाई तीन रजत

काठमाडौं ।  तीन नेपाली खेलाडीले थाइल्यान्डमा आयोजना भएको मुय थाई फेस्टिभल अन्तर्गत ‘थाइल्यान्ड कप’ मा रजत पदक जितेका छन् ।

प्रतियोगितामा गेन्जी राई, लालबहादुर तामाङ र डिगविजय सिंह राठोरले रजत पदक जितेको हुन्   ।

गोन्जी ३४ केजी तौल समुहमा थाइल्यान्डका खेलाडीसँग पराजित भएका थिए । लालबहादुर ५५ केजी तौल समूहमा  भियतनाम तथा डिगविजय ६३ केजी तौल समूहमा इटालीका खेलाडीसँग पराजित भएका हुन् ।

प्रतियोगिता फेब्रुअरी १ देखि ६ सम्म भएको थियो । नेपाली टोलीको अफिसियलमा राजु राई र पुरण रोकाया रहेका थिए ।

प्रतियोगितामा २४ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।