काठमाडौं । महिलाहरूको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउने उद्देश्यले यही चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ ।
लेजर पोर्ट नेपालले यो कार्यक्रम गर्न लागेको हो । काठमाडौं पिंक केयरएथनमा महिला दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम हुनेछ ।
जुनसुकै उमेर समुहका महिलाहरुले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधै घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।
आयोजकले बिहिबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पिंक केयरएथनमा यस पटक २ हजार ५०० देखि ३ हजार सहभागी हुने अपेक्षा गरिएको छ ।
कलाकार उषा रजकलाई काठमाडौं पिंक केयरएथनको गुडविल एम्बासडर बनाइएको छ ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL