माघ ५, २०८२ सोमबार | २०:५८:००
एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी

मछिन्द्रविरुद्ध पुनरागमन जित निकाल्दै चर्च ब्वाइज फाइनलमा

चर्च ब्वाइज र मछिन्द्र प्रतिस्पर्धा गर्दै, तस्विर: सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । मछिन्द्र फुटबल क्लबविरुद्ध ४-३ को पुनरागमन जित निकाल्दै चर्च ब्बाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

काँकरभिट्टा मैदानमा बिहीबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा मछिन्द्रले पहिलो हाफमा लिएको ३-० को अग्रतालाई जोगाउन सकेन ।

चर्च ब्वाइजलाई जित दिलाउन अबायोमी फकुन्लेले ह्याट्रिक गर्दा एक गोल रिचार्ड विल्सनको नाममा रह्यो । मछिन्द्रका लागि युसुफ मलिकले दुई तथा आन्द्रेस नियाले एक गोल गरे ।

खेलको ३०औं मिनेटमा मलिकको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ४३औं मिनेटमा नियाले टोलीको अग्रता दोब्बर बनाए । उनले आदित्य शाक्यको पासलाई वान टचमै पोस्टको दिशा दिए ।

गोलको खुसीयाली मनाउँदै मछिन्द्रका खेलाडी, तस्विरः सरोज सापकोटा /खेलाडी । 

त्यसको दुई मिनेटपछि नै मलिकले व्यक्तिगत दोस्रो गोल गर्दा मछिन्द्रको अग्रता ३-० मा पुग्यो । उनले नियाले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै चर्च ब्वाइजका रक्षकलाई बिट गर्दै जाली चुमाए ।

फकुन्लेले ६०औं मिनेटमा गोल गर्दै खेललाई ३-१ को स्थितीमा ल्याए । उनले रिर्चाड विल्सनको पासलाई सदुपयोग गरे । आठ मिनेटपछि नै फकुन्लेले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ३-२ को स्थितीमा आयो ।

यस पटक पनि विल्सनले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै फकुन्लेले मछिन्द्रका रक्षकलाई बिट गर्दै पोस्टको दिशा दिए ।

विल्सनले ७८औं मिनेटमा चर्च ब्वाइजका लागि बराबरी गोल गरे । फकुन्लेको क्रसलाई मछिन्द्रका रक्षकले राम्रोसँग क्लियर गर्न नसक्दा प्राप्त बललाई अगाडि बढाउँदै रिचार्डले जाली चुमाए ।

मछिन्द्रविरुद्ध ह्याट्रिक गरेका अबायोमी फकुन्ले, तस्विरः सरोज सापकोटा/खेलाडी । 

निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा फकुन्लेले ह्याटिक पूरा गर्दै चर्च ब्ववाइजलाई ४-३ को जित दिलाए  । उनले चन्दन दासको थ्रु पासलाई सदुपयोग गरे ।

चर्च ब्वाइजले शनिबार हुने फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । काँकरभिट्टा धरान एफसीलाई सडन डेथमा ५-४ ले पराजित गर्दै उपाधि निजक पुगेको हो ।

चर्च ब्वाइजले झापा एफसीलाई सडन डेथमा ५-४ तथा मछिन्द्रले विभागीय टोली नेपाल एपिएफ क्लबलाई १-० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए ।  

गोलको खुसीयाली मनाउँदै चर्च ब्वाइजका खेलाडी तस्विरः सरोज सापकोटा/ खेलाडी । 

भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate