चैत्र १२, २०८२ बिहीबार | १६:२८:३६
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

मछिन्द्रविरुद्ध पुनरागमन जित निकाल्दै चर्च ब्वाइज फाइनलमा

चर्च ब्वाइज र मछिन्द्र प्रतिस्पर्धा गर्दै, तस्विर: सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । मछिन्द्र फुटबल क्लबविरुद्ध ४-३ को पुनरागमन जित निकाल्दै चर्च ब्बाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

काँकरभिट्टा मैदानमा बिहीबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा मछिन्द्रले पहिलो हाफमा लिएको ३-० को अग्रतालाई जोगाउन सकेन ।

चर्च ब्वाइजलाई जित दिलाउन अबायोमी फकुन्लेले ह्याट्रिक गर्दा एक गोल रिचार्ड विल्सनको नाममा रह्यो । मछिन्द्रका लागि युसुफ मलिकले दुई तथा आन्द्रेस नियाले एक गोल गरे ।

खेलको ३०औं मिनेटमा मलिकको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । ४३औं मिनेटमा नियाले टोलीको अग्रता दोब्बर बनाए । उनले आदित्य शाक्यको पासलाई वान टचमै पोस्टको दिशा दिए ।

गोलको खुसीयाली मनाउँदै मछिन्द्रका खेलाडी, तस्विरः सरोज सापकोटा /खेलाडी । 

त्यसको दुई मिनेटपछि नै मलिकले व्यक्तिगत दोस्रो गोल गर्दा मछिन्द्रको अग्रता ३-० मा पुग्यो । उनले नियाले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै चर्च ब्वाइजका रक्षकलाई बिट गर्दै जाली चुमाए ।

फकुन्लेले ६०औं मिनेटमा गोल गर्दै खेललाई ३-१ को स्थितीमा ल्याए । उनले रिर्चाड विल्सनको पासलाई सदुपयोग गरे । आठ मिनेटपछि नै फकुन्लेले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ३-२ को स्थितीमा आयो ।

यस पटक पनि विल्सनले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै फकुन्लेले मछिन्द्रका रक्षकलाई बिट गर्दै पोस्टको दिशा दिए ।

विल्सनले ७८औं मिनेटमा चर्च ब्वाइजका लागि बराबरी गोल गरे । फकुन्लेको क्रसलाई मछिन्द्रका रक्षकले राम्रोसँग क्लियर गर्न नसक्दा प्राप्त बललाई अगाडि बढाउँदै रिचार्डले जाली चुमाए ।

मछिन्द्रविरुद्ध ह्याट्रिक गरेका अबायोमी फकुन्ले, तस्विरः सरोज सापकोटा/खेलाडी । 

निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा फकुन्लेले ह्याटिक पूरा गर्दै चर्च ब्ववाइजलाई ४-३ को जित दिलाए  । उनले चन्दन दासको थ्रु पासलाई सदुपयोग गरे ।

चर्च ब्वाइजले शनिबार हुने फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । काँकरभिट्टा धरान एफसीलाई सडन डेथमा ५-४ ले पराजित गर्दै उपाधि निजक पुगेको हो ।

चर्च ब्वाइजले झापा एफसीलाई सडन डेथमा ५-४ तथा मछिन्द्रले विभागीय टोली नेपाल एपिएफ क्लबलाई १-० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए ।  

गोलको खुसीयाली मनाउँदै चर्च ब्वाइजका खेलाडी तस्विरः सरोज सापकोटा/ खेलाडी । 

भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो