पुस २०, २०८१ शनिबार | ०९:५७:३५
एन्फा महिला लिग: विभागीय टोलीको दबदबा थेग्दै बागमती र वालिङ महिला यु-१९ विश्वकप: नेपालको लक्ष्य सुपर सिक्स मोफसलमा फुटबल माहोल, चर्च ब्वाइज हाबी लिभरपुल–युनाइटेड प्रतिद्वन्द्विताको फरक मोड निर्णायक सिड्नी टेस्ट, कलहमा भारतीय टोली एन्फाको अव्यवस्थित तालिका, वालिङमाथि थपियो पीडा हरिशंकर साहको कप्तानीमा मधेशको टोली घोषणा काठमाडौं क्रिकेट एकेडेमी सञ्चालनमा इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता हुने वालिङको पोस्टमा पुलिसको पाँच गोल एन्फा महिला लिग: विभागीय टोलीको दबदबा थेग्दै बागमती र वालिङ महिला यु-१९ विश्वकप: नेपालको लक्ष्य सुपर सिक्स मोफसलमा फुटबल माहोल, चर्च ब्वाइज हाबी लिभरपुल–युनाइटेड प्रतिद्वन्द्विताको फरक मोड निर्णायक सिड्नी टेस्ट, कलहमा भारतीय टोली एन्फाको अव्यवस्थित तालिका, वालिङमाथि थपियो पीडा हरिशंकर साहको कप्तानीमा मधेशको टोली घोषणा काठमाडौं क्रिकेट एकेडेमी सञ्चालनमा इ-स्पोर्टस राष्ट्रिय च्याम्पियनसिप फागुन दोस्रो साता हुने वालिङको पोस्टमा पुलिसको पाँच गोल

‘ओलम्पिक नयाँ विवादले खेलाडीलाई अफ्ठ्यारो हुनेछ’

काठमाडौं । नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ विवादले आगामी दिन नेपाली खेलाडीलागि अफ्ठ्यारो हुने प्रतिक्रिया दिएका छन् ।

बिहीबार लामाले ओलम्पिक कमिटीको विवादका बारेमा बोलेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व सदस्यसचिव लामाले भने, ‘आजबाट विधिवत रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीको विवाद सुरु भएको छ,’ उनले भने, ‘खेलकुद विकास ऐन २०७७ मा एउटा मात्र ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यता प्राप्त गर्ने विधान ल्याएको थियो । विगतमा स्व. रुक्म शमशेर जवरा नेतृत्वको राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटी र ध्रुव बहादुर प्रधान नेतृत्वको आइओसीको मान्यता प्राप्त ओलम्पिक कमिटी चरम विवादपश्चात एकता भएर एउटा ओलम्पिक कमिटीमा रुपान्तरण भएको थियो ।’

पछिल्लो अवस्थामा सर्वोच्च अदालतले एनओसीको शनिबार हुने निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ । ‘वर्तमान परिवेशमा ओलम्पिक कमिटीको विवाद चरम उत्कर्षमा पुगेको छ । यसले गर्दा नेपाली खेलाडीले आउने दिनमा कठीनाई भोग्नुपर्ने निश्चित छ ।’

अदालतको ‘तत्काल चुनाव नगर्नु’ भन्ने आदेशअनुसार प्रहरीले रोके पनि एनओसी नेतृत्वले पुस ८ गते  अनलाइनमार्फत मनोनयन दर्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । अध्यक्ष जीवनराम श्रेष्ठले एनओसीमा राज्यले प्रहरी लगाएर हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

बिहीबार कमल चित्रकारले दायर गरेको रिटमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । अदालतको आदेशको अवज्ञा गर्दै आएको एनओसीले विशेष साधारण सभाबाट विधान संशोधन गरेको थियो । उच्च अदालत पाटनले मंसिर १७ गते विधान संशोधन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

सरकारबाट पनि निर्वाचनको बन्देज लाग्दा पनि त्यसलाई अटेर गरेको एनओसीमा १९ सदस्यीय कार्यसमिति मध्ये १८ जना निर्विरोध भइसकेका छन् ।

एक अध्यक्षका लागि पछिल्ला दुई कार्यकाल पूरा गरिसकेका जीवनराम श्रेष्ठका साथै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।


भिडियो
Police club vs Waling | Bholanath Silwal Coach, Police Club POST-MATCH CONFERENCE Women's League
Nepal Police vs Waling | Dilip Thapa Coach walling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar