चैत्र १३, २०८२ शुक्रबार | २०:२१:०३
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

लुम्बिनीको रोमाञ्चक जित

काठमाडौं । लुम्बिनी प्रदेशले  प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

बिहीबार सिद्धार्थ क्रिकेट मैदानमा लुम्बिनीले गण्डकी प्रदेशविरुद्ध १४ रनको रोमाञ्चक जित दर्ता गर्यो ।

जितसँगै लुम्बिनीले तीन खेलमा चार अंक जोडेको छ । पराजित गण्डकीको समान खेलबाट दुई अंक छ ।

लुम्बिनीले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट विकेट गुमाउँदै २०३ रन बनायो । गण्डकीका लागि अर्जुन कमालले ८६ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरे ।

यसैगरी सुवास भण्डारीले ३०, अमृत गुरुङले अविजित २४, मुस्कान थापाले २४, कमल परियारले १५, वंश क्षेत्रीले १२ र सुजन गौतमले १० रन बनाए ।

लुम्बिनीका लागि निर्मल गुरुङले तीन, विप्रसन केसीले दुई तथा रमेश कुर्मी र नर सार्कीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २१७ रुनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि प्रज्वल थापाले ७९ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ७२ रनको योगदान गरे । यसैगरी मिर्नाल गुरुङले ३८, कप्तान देव खनालले ३३, विप्रसन केसीले २५ र मनिष थापाले २४ रन बनाए ।

छैटौं विकेटका लागि प्रज्वल र विप्रसनले ९६ रनको साझेदारी गरे । गण्डकीका लागि  अमृत गुरुङले तीन,  चन्द्र पौडेल र विपिन खत्रीले समान दुई तथा  वंश क्षेत्री, सुवास भण्डारी र कमल परियारले समान एक विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो