माघ १८, २०८२ आइतबार | ०१:१०:०७
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

लुम्बिनीको रोमाञ्चक जित

काठमाडौं । लुम्बिनी प्रदेशले  प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

बिहीबार सिद्धार्थ क्रिकेट मैदानमा लुम्बिनीले गण्डकी प्रदेशविरुद्ध १४ रनको रोमाञ्चक जित दर्ता गर्यो ।

जितसँगै लुम्बिनीले तीन खेलमा चार अंक जोडेको छ । पराजित गण्डकीको समान खेलबाट दुई अंक छ ।

लुम्बिनीले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट विकेट गुमाउँदै २०३ रन बनायो । गण्डकीका लागि अर्जुन कमालले ८६ बलमा आठ चौकाको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरे ।

यसैगरी सुवास भण्डारीले ३०, अमृत गुरुङले अविजित २४, मुस्कान थापाले २४, कमल परियारले १५, वंश क्षेत्रीले १२ र सुजन गौतमले १० रन बनाए ।

लुम्बिनीका लागि निर्मल गुरुङले तीन, विप्रसन केसीले दुई तथा रमेश कुर्मी र नर सार्कीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २१७ रुनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि प्रज्वल थापाले ७९ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ७२ रनको योगदान गरे । यसैगरी मिर्नाल गुरुङले ३८, कप्तान देव खनालले ३३, विप्रसन केसीले २५ र मनिष थापाले २४ रन बनाए ।

छैटौं विकेटका लागि प्रज्वल र विप्रसनले ९६ रनको साझेदारी गरे । गण्डकीका लागि  अमृत गुरुङले तीन,  चन्द्र पौडेल र विपिन खत्रीले समान दुई तथा  वंश क्षेत्री, सुवास भण्डारी र कमल परियारले समान एक विकेट लिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।