चैत्र ८, २०८२ आइतबार | १७:३३:५९
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

आर्मीको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ ।

बिहीबार एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्मीले कर्णालीविरुद्ध १२७ रनको फराकिलो जित जित निकाल्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको आर्मी  शीर्षस्थामा  छ । पराजित कर्णाली समना खेलबाट दुई अंकका साथ छैटौं स्थानमा  छ ।

आर्मीले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा १३५ रनमै समेटियो ।

कर्णालीका लागि प्रकाश जैसीले ७२ बलमा चार छक्का र दुई चौकाको मद्दतले अविजित ५० रको योगदान गरे । यसैगरी विपिन रावतले २३, दिनेश अधिकारीले २२ र विपिन शाहीले १२ रन बनाए ।  

आर्मीका लागि शहाब आलमले तीन तथा सोमपाल कामी, आकाश चन्द र कुशल मल्ले समान दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै  २६२ रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि तृतरान दासले ८४ बलमा १० चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान गरे । यसैगरी कप्तान विनोद भण्डारीले ६४ बलमा चार चौका र दुई छक्काको मद्दतले ५६, भीम सार्कीले ४०, बसिर अहमदले ३६, सोमपाल कामीले १३ र सन्तोष कार्कीले ११ रन बनाए ।

दोस्रो विकेटका लागि तृतराज र भीमले ७६ तथा चौथो विकेटका लागि विनोद र बसिरले ५८ रनको साझेदारी गरे ।

कर्णालीका लागि  प्रकाश जैसीले चार, दिनेश अधिकारीले तीन र सुनिल धमलाले दुई विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो