चैत्र १३, २०८२ शुक्रबार | १२:३६:५५
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

सरकारलाई राष्ट्रिय खेल महासंघको पाँच बुँदे माग

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग आबद्ध संघहरुको संस्था नेपाल राष्ट्रिय खेल संघहरुको महासंघले सरकारसमक्ष पाँच बुँदे माग राखेको छ ।

शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको भवनमा पत्रकार सम्मेलन गर्दै महासंघले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीप्रतिको असन्तुष्टि पोखेको थियो । पटकपटक लिखित तथा मौखिक रुपमा खेलाडी तथा खेल संघका समस्याबारे जानकारी गराए पनि मन्त्री चौधरीले कुनै चासो नदेखाएको महासंघका पदाधिकारीहरुको गुनासो थियो ।

राष्ट्रिय खेलकुद परिषद आफै आपसी द्धन्द्धमा फसेकोले खेलकुदमा गुणात्मक काम हुन नसकेको ठहर गर्दै महासंघले तत्काल १०औं राष्ट्रिय खेलकुदको घोषणा, परिषदमा रिक्त रहेका पदमा नियुक्ति तथा खेलकुद विकास ऐन संशोधनको विषयमा आफ्ना धारणा राख्यो ।

युवा तथा खेलकुद मन्त्रालयमा पटकपटक ध्यानाकर्षण गराउनाका बावजुद कुनै सम्बोधन नभएपछि बाध्य भएर पत्रकार सम्मेलन गरेको महासंघको भनाई थियो ।

महासंघले राष्ट्रिय खेलकुद परिषदको संरक्षक समेत रहेका प्रधानमन्त्रीसँगै युवा तथा खेलकुद मन्त्रालयसँग परिषदमा रिक्तरहेका पदाधिकारी तथा सदस्य तत्काल नियुक्ति गर्नुपर्ने माग राखेको छ । विगतमा यस्ता नियुक्ति व्यक्तिगत पहुँचको आधारमा हुने गरेकोमा अब राष्ट्रिय खेल संघको संस्थागत सिफारिसमा गरिनुपर्ने उनीहरुको माग छ ।

यसैगरी कर्णाली प्रदेशमा गर्ने भनिएको १०औं राष्ट्रिय खेलकुदको मिति तत्काल तोक्न, खेल संघको समेत संलग्नता रहने गरि राष्ट्रिय खेलकुद सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने, खेलाडीको खेल पोशाक एवं खेल सामाग्रीको गुणस्तर  परिक्षण गरिनुपर्ने, खेलाडीको आवास र खानपिनको उचित व्यवस्था हुनुपर्ने तथा खेलाडीलाई प्रतिस्पर्धाभन्दा कम्तिमा तीन दिनअगाडि प्रतियोगितास्थल पुर्याइनुपर्नेलगायतका माग महासंघले राखेको छ ।

त्यस्तै खेलकुद विकास ऐन संशोसनका लागि बनेको विधेयक तत्काल रोकी सरोकारवाला खेल संघहरुको छलफल र सुझावसहित अगाडि बढाउनुपर्ने माग महासंघले राखेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो