माघ ८, २०८२ बिहीबार | ०३:५३:५७
भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित साफ यु-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग

तोरणलाई एकल अग्रता

फाइल तस्विर ।

काठमाडौं । सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलबार तोरणविक्रम शाहीले  एकल अग्रता लिएका छन् ।

उनले ७-अन्डर ७५ को सानदार स्कोरमा निरज तामाङ र सञ्जय लामालाई चार स्ट्रोकले पछि पारे ।

गोकर्ण गल्फ क्लबमा तोरणले फ्रन्ट नाइनमा चार बर्डी प्रहार गरे । दोस्रो, तेस्रो, पाँचौं र नवौं होलमा एक/एक सट बचाए ।

उनले आठौं होलको बोगीलर फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे । यही लयलाई निरन्तरता दिंदै ब्याक नाइनमा बोगी रहित ४-अन्डर ३२ को उत्कृष्ट प्रदर्शन गरे ।  तोरणले ११, १३, १५ र १७औं होलमा चार बर्डीको सफलता प्राप्त गरे।

निरज र सञ्जय दुवैले ३-अन्डर ६९ को स्कोर गरे । निरजले तेस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गरे । फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए ।

त्यसपछि ११औं होलको बर्डीकाविरुद्ध १३औं होलको बोगीले ब्याक नाइनमा इभन-पार ३६ को नतिजा निकाले । निरजले यो सिजन दुई उपाधि जितिसकेका छन् ।

सञ्जयले फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे । पहिलो, तेस्रो, चौंथो र सातौं होलमा बर्डी प्रहार गरे । बोगी रहित ४-अन्डर ३२ मा फ्रन्ट नाइनको खेल सकाए । ब्याक नाइनमा भने उनले सोही लयलाई निरन्तरता दिन सकेनन् । १-ओभर ३७ मा चित्त बुझाए ।

 सञ्जयले १०औं होलको वोगी सहित ब्याक नाइन सुरु गरेका थिए । उनले ११ र १३औं होलमा बर्डी प्रहार गरे । तर १६ र १८औं होलमा एक/ एक सट खेर फाल्दा निरजसँग दोस्रो स्थान बाँड्न बाध्य भए ।

दिनेश प्रजापति, जयराम श्रेष्ठ र टंक बहादुर कार्की समान २-अन्डर ७० को स्कोर गर्दै चौथो स्थानमा छन् ।

एमेच्योरतर्फ साविक विजेता  सद्भाव आचार्य शीर्षस्थानमा छन् । उनले इभन-पार ७२ मा पहिलो दिनको खेल सकाउँदा राहुल विश्वकर्मा र बाबु पौडेललाई ३ स्ट्रोकले पछि पारे ।

राहुल र बाबुले ३-ओभर ७५ को कार्ड तयार पारे । 

चार दिने प्रतियोगितामा ३० प्रोफेसनल र ९ एमेच्योर गल्फरको सहभागिता छ। ३६ होलको समाप्तिमा कट लागु हुनेछ । शीर्ष २१ खेलाडीले बाँकी ३६ होलको लागि स्थान सुरक्षित गर्नेछन्।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate