वैशाख २६, २०८२ शुक्रबार | ०९:३४:५२
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

तोरणलाई एकल अग्रता

फाइल तस्विर ।

काठमाडौं । सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलबार तोरणविक्रम शाहीले  एकल अग्रता लिएका छन् ।

उनले ७-अन्डर ७५ को सानदार स्कोरमा निरज तामाङ र सञ्जय लामालाई चार स्ट्रोकले पछि पारे ।

गोकर्ण गल्फ क्लबमा तोरणले फ्रन्ट नाइनमा चार बर्डी प्रहार गरे । दोस्रो, तेस्रो, पाँचौं र नवौं होलमा एक/एक सट बचाए ।

उनले आठौं होलको बोगीलर फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे । यही लयलाई निरन्तरता दिंदै ब्याक नाइनमा बोगी रहित ४-अन्डर ३२ को उत्कृष्ट प्रदर्शन गरे ।  तोरणले ११, १३, १५ र १७औं होलमा चार बर्डीको सफलता प्राप्त गरे।

निरज र सञ्जय दुवैले ३-अन्डर ६९ को स्कोर गरे । निरजले तेस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गरे । फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए ।

त्यसपछि ११औं होलको बर्डीकाविरुद्ध १३औं होलको बोगीले ब्याक नाइनमा इभन-पार ३६ को नतिजा निकाले । निरजले यो सिजन दुई उपाधि जितिसकेका छन् ।

सञ्जयले फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे । पहिलो, तेस्रो, चौंथो र सातौं होलमा बर्डी प्रहार गरे । बोगी रहित ४-अन्डर ३२ मा फ्रन्ट नाइनको खेल सकाए । ब्याक नाइनमा भने उनले सोही लयलाई निरन्तरता दिन सकेनन् । १-ओभर ३७ मा चित्त बुझाए ।

 सञ्जयले १०औं होलको वोगी सहित ब्याक नाइन सुरु गरेका थिए । उनले ११ र १३औं होलमा बर्डी प्रहार गरे । तर १६ र १८औं होलमा एक/ एक सट खेर फाल्दा निरजसँग दोस्रो स्थान बाँड्न बाध्य भए ।

दिनेश प्रजापति, जयराम श्रेष्ठ र टंक बहादुर कार्की समान २-अन्डर ७० को स्कोर गर्दै चौथो स्थानमा छन् ।

एमेच्योरतर्फ साविक विजेता  सद्भाव आचार्य शीर्षस्थानमा छन् । उनले इभन-पार ७२ मा पहिलो दिनको खेल सकाउँदा राहुल विश्वकर्मा र बाबु पौडेललाई ३ स्ट्रोकले पछि पारे ।

राहुल र बाबुले ३-ओभर ७५ को कार्ड तयार पारे । 

चार दिने प्रतियोगितामा ३० प्रोफेसनल र ९ एमेच्योर गल्फरको सहभागिता छ। ३६ होलको समाप्तिमा कट लागु हुनेछ । शीर्ष २१ खेलाडीले बाँकी ३६ होलको लागि स्थान सुरक्षित गर्नेछन्।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP