काठमाडौं । नेपाली यु-२० महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ( एन्फ) मुख्यालय मैदानमा सम्पन्न अन्तिम चरणको छनोट प्रक्रिया पछि मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले उनीहरूलाई बन्द प्रशिक्षणमा समावेश गरेका हुन् ।
नेपाली टोली दक्षिण एसियाली फुटबल संघ (साफ) यु-२० महिला च्याम्पियनसिपको तयारीमा छ । प्रतियोगिता जुन ११ देखि २२ सम्म बंगलादेशमा हुँदैछ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, अवानी राजेश्वरी, बर्षा ओली, भावना परियार, बिर्सना चौधरी, गंगा रोकाया, गायत्री मल्ल, झुमा विश्वकर्मा, जुना तामाङ, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला चन्द, मनिषा सेन, मरिना लामा, लिला जोशी, माया मास्के, मीना देउवा, प्रतीमा शर्मा, पुनम चेम्जोङ, पूर्णिमा राई, रोजिता विष्ट, रुपा लिम्बु, सबिता मण्डल, सजिना स्याङ्ताङ, समीक्षा मगर, संगीता अधिकारी, सनिमामाया लो, सरिताकुमारी नाथ, सेमिहाङ्गमा लिम्बु पन्धाक, सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजता तामाङ, सुक्रिया मिया, सुनिता विक, सुनिता सुनार, सुशिला केसी