काठमाडौं । स्पेनको रियाल बेटिसविरुद्ध ४-१ को सहज जित निकाल्दै इङ्लिस क्लब चेल्सी युरोपको तेस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता कन्फ्रेरेन्स लिगको च्याम्पियन बनेको छ ।
चेल्सीले पहिलो पटक कन्फ्रेरेन्स लिगको उपाधि जितेको हो । यससँगै चेल्सी युइएफएका पाँचवटै क्लब प्रतियोगिता जित्ने पहिलो टोली बनेको छ ।
यसअघि चेल्सीले समान दुई पटक कप विनर्स कप (हाल बन्द भएको), च्याम्पियन्स लिग , युरोपा लिग र सुपर कप जितेको थियो ।
पोल्याण्डको व्रोक्ल रंगशालामा चेल्सीलाई जित दिलाउन एन्जो फर्नान्डेज, निकोलस ज्याक्सन जाडोन सान्चो र माइसेस काइसेडोले गोल गरे । बेटिसका लागि अब्दे इजालजौलीले गोल गरे ।
इजालजौलीको गोलमार्फत आठौं मिनेटमै बेटिसले अग्रता लिएको थियो । तर दोस्रो हाफमा टोलीले त्यसलाई जोगाउन सकने ।
फर्नान्डेजले ६५औं मिनेटमा चेल्सीलाई बराबरीमा ल्याए । त्यसको पाँच मिनेटपछि नै ज्याक्सनले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।
सान्चोले ८३औं मिनेटमा चेल्सीका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा काइसेडोले गोल गर्दै चेल्सीलाई ४-१ को सानदार पुनरागमन जित दताए ।