काठमाडौं । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा २०२४–०२५ को उपाधि जितेको छ ।
आइतबार राति भएको खेलमा फ्रेइबर्गसँग २–२ को बायर लेभरकुसेन बराबरीमा रोकिएपछि बायर्न म्युनिख च्याम्पियन भएको थियो । साविक विजेता लेभरकुसेनले भने दोस्रो स्थानमा चित्त बुझाउने देखिएको छ ।
बायर्नको ३२ खेलबाट ७६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको लेभरकुसेनको ६८ अंक छ । तेस्रो स्थानमा रहेको फ्रान्कफर्टको भन्दा लेभरकुसेनले १३ अंकको अग्रता बनाएको छ ।
बायर्नले बुन्डेसलिगाको ३३औै उपाधि उचालेको हो । पछिल्लो १३ सिजनमा टोली १२ पटक च्याम्पियन भइसकेको छ ।
लन्डन क्लब टोटनहमबाट बायर्न आएका ह्यारी केनले आफ्नो करियरको पहिलो ठूलो उपाधि उचाल्न सफल भएका छन् । अघिल्लो सिजन टोलीको कमजोर प्रदर्शनपछि केन उपाधि उचाल्न दोस्रो वर्ष कुर्नुपरेको थियो ।
त्यस्तै प्रशिक्षक भिन्सेन्ट कम्पनीले पनि बायर्नमा पहिलो उपाधि उचालेको छन्।