काठमाडौं । ब्रेन्टफर्डले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध ४-३ को रोमाञ्चक जित हासिल गरेको छ ।
आइतबार घरेलु मैदान जीटेक कम्युनिटी रंगशालामा सम्पन्न ३५औं चरणको खेलमा ब्रेन्टफर्डका लागि केभिन सेडले दुई तथा योयन विसाले एक गोल गरे । एक गोल ब्रेन्टफर्डले आत्मघाती उपहार प्राप्त गर्यो । खेलमा सुरुआती अग्रता लिएको युनाइटेडका लागि मेसन माउन्ट, एलेहान्द्रो गार्नाचो र अमाद डियालोले गोल गरे ।
एक गोलले पछाडि परेको अवस्थानमा ब्रेन्टफर्डले खेललाई ४-१ को स्थितिमा पुर्याएको थियो । पछि युनाइटेडले दुई गोल थपेको हो । यो जितसँगै १२औं स्थानको ब्रेन्टफर्ड ५२ अंकका साथ नवौं स्थानमा उक्लियो । लिगमा ब्रेन्टफर्डको यो लगातार तेस्रो जित हो ।
युनाइटेड लगातार छैटौं खेलमा जित हासिल गर्न असफल भयो । हारसँगै युनाइटेडले १३औं स्थानमा उक्लिने अवसर गुमायो । युनाइटेड अहिले ३९ अंकका साथ १५औं स्थानमा छ ।
प्रिमियर लिग इतिहासमा युनाइटेडको यो अहिलेसम्मकै खराब सिजन हो । २०२१-२२ सिजनमा युनाइटेडले कूल ५८ अंक जोडेको थियो । लिगमा तीन खेल बाँकी रहँदा युनाइटेडले सबै खेल जिते मात्र ४८ अंक जोड्नेछ ।