वैशाख २२, २०८२ सोमबार | ०४:३०:३०
पञ्जाव प्लेअफ नजिक बायर्न च्याम्पियन, केनलाई पहिलो उपाधि आर्मी अपराजित रहँदै सेमिफाइनलमा रियाल मड्रिडको रोमाञ्चक जितमा एमबाप्पेको उत्कृष्ट प्रदर्शन मनिष क्षेत्रीको घुँडाको सफल शल्यक्रिया म्यानचेस्टर युनाइटेडविरुद्ध ब्रेन्टफर्डको रोमाञ्चक जित ललितपुर र बागमतीको खेल च्यासल मैदानमा हुने पुलिस उपाधि नजिक कोलकाताको रोमाञ्चक जित, प्लेअफ सम्भावना जिवितै श्री कुमारी र प्लानिङले खेले बराबरी पञ्जाव प्लेअफ नजिक बायर्न च्याम्पियन, केनलाई पहिलो उपाधि आर्मी अपराजित रहँदै सेमिफाइनलमा रियाल मड्रिडको रोमाञ्चक जितमा एमबाप्पेको उत्कृष्ट प्रदर्शन मनिष क्षेत्रीको घुँडाको सफल शल्यक्रिया म्यानचेस्टर युनाइटेडविरुद्ध ब्रेन्टफर्डको रोमाञ्चक जित ललितपुर र बागमतीको खेल च्यासल मैदानमा हुने पुलिस उपाधि नजिक कोलकाताको रोमाञ्चक जित, प्लेअफ सम्भावना जिवितै श्री कुमारी र प्लानिङले खेले बराबरी

ललितपुर र बागमतीको खेल च्यासल मैदानमा हुने

काठमाडौं । दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत ललितपुर महानगरपालिका र बागमती गाउँपालिकाबीचको खेल सोमबार बिहान ८ बजे च्यासल मैदानमा हुने भएको छ ।

समूह ‘ए’ मा रहेका ललितपुर र बागमतीबीचको खेल आइतबार दिउँसो १२ः१५ का लागि तय भएको थियो । यसैगरी दिउँसो ३ः३० बजे समूह ‘बी’ का दुई टोली चांगुनारायण नगरपालिका र काठमाडौं महानगरपालिकाबीच प्रतिस्पर्धा हुने तालिका थियो । तर, लगातारको वर्षाका कारण मैदान हिलाम्मे हुँदा आयोजक गोदावरी नगरपालिकाले आइतबारका दुबै खेल अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको थियो ।

आयोजकले आइतबारनै विज्ञप्ति जारी गर्दै ललितपुर र बागमतीबीचको खेल च्यासल मैदानमा सञ्चालन गर्ने बताएको छ । चांगुनारायण र काठमाडौंबीचको खेलका बारेमा भने आयोजकले कुनै पनि निर्णय लिएको छैन ।

दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता  शनिबारबाट सुरु भएको हो । गोदावरी-१०, झ्यालुन्टारस्थित गोदावरी बहुउद्धेश्यीय रंगशालामा हुने प्रतियोगिता जेठ ३ सम्म चल्नेछ । शनिबार भएको उद्घाटन खेलमा आयोजक गोदावरी नगरपालिकाले महालक्ष्मी नगरपालिकाविरुद्ध ६–१ को सानदार जित हासिल गर्यो ।

प्रतियोगितामा उपत्यकाभित्रका १३ पालिकाको सहभागिता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिएको छ । 

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् ।अनुशासित टोलीलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ प्रदान गरिनेछ ।


भिडियो
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP
BRAZIL LEGEND ROBERTO CARLOS AT DASARATH STADIUM II NSL PLAYOFF II DHANGADI FC VS LALITPUR CITY FC