काठमाडौं । जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखलाई हराउँदै इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको दोस्रो खेलमा इन्टरले घरेलु मैदानमै बार्यनसँग २–२ को बराबरी खेल्यो । पहिलो लेगमा इन्टर २–१ ले नै विजयी भएको थियो । समग्रमा इन्टर ४–३ ले विजयी भएको हो ।
अब, इन्टरले फाइनल प्रवेशको लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो रात नै बोरुसिया डर्टमन्डलाई हराउँदै बार्सिलोनाले अन्तिम चारमा स्थान बनाइसकेको छ । इन्टर इटालियन सिरी ए मा पनि शीर्ष स्थानमा छ ।
दोस्रो लेगमा पहिलो हाफ भने गोलरहित बराबरीमा सकियो । ५२औं मिनेटमा बायर्नका ह्यारी केनले गोल गर्दै अग्रता बनाएका थिए । अर्जेन्टिनी स्टार लौटारो मार्टिनेजले ६ मिनेटपछि नै बराबरी गोल गरेका हुन् ।
बेन्जामिन पाभार्डले ६१औं मिनेटमा इन्टरलाई २–१ को अग्रता दिलाएका हुन् । तर, ७६औं मनिेटमा इरिक डिअरले गोल गर्दै बार्यनको लगातार हार टारे । यद्यपि पहिलो लेगमा पराजित हुँदा बायर्न अगाडि बढ्न सकेन ।
राति नै भएको अर्को खेलमा आर्सनलले रियाल मड्रिडलाई पराजित गर्दै १६ वर्षपछि सेमिफाइनलमा स्थान बनाएको छ ।