सिन्धुपाल्चोक । मेलचौर युवा जागरण समाजको आयोजनमा जारी मालिकादेवी कप खुल्ला सेभेन ‘ए’ साइड फुटलब प्रतियोगिताको चौथो संस्करणमा सुकुटे जागरण मञ्चले लगातार दोस्रो जित निकालेको छ ।
चौतारा साँगाचोकगढी-७ मेलचौर दरबार डाँडा खेल मैदानमा मंगलबार सम्पन्न दिनको पाँचौ तथा अन्तिम खेलमा सुकुटेले सेतीदेवी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको थियो।
निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो।
सुकुटेले सोमबार पहिलो खेलमा भिमटार ब्वाइजविरुद्ध ३-१ को जित हासिल गरेको थियो । सेतीदेवीले बाइ पाएको थियो।
मंगलबारै सम्पन्न पहिलो खेलमा साविक विजेता रोयल फ्यामिलीले चौतार साँगाचोकगढी वडा नम्बर ८ लाई ३-० ले पराजित गर्यो।
रोयललाई जित दिलाउन सन्जोक महर्जन र सनिश श्रेष्ठले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो।
दोस्रो खेलमा राई एफसीले सुनकोशी ‘ए’ लाई ४-१ ले निरास बनायो । राई एफसीको जितमा सनिल मगर दुई, पासाङ र रसिस रञ्जितकारले गोल गरे। सुनकोशीका लागि सन्जिव थापा मगरले गरेको एक गोल सान्त्वना बन्यो।
तेस्रो खेलमा पोखरे युवा समाजले आयोजक आयोजक मेलचौर युवा जागरण समाजलाई पेनाल्टी सुटआउटमा ३ १ले पराजित गर्यो ।
निर्धारित ४० मिनेटको खेलमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएकोएको थियो।
खेलमा उपहार गोलबाट पोखरेले सुरुआती अग्रता बनाएको थियो। मेलचौरका गोलकिपर सुशान्त दुलालले आत्मघाती गोल गर्न पुगे। राजु परियारले गोल गर्दै मेलचौरलाई खेलमा फर्काएका थिए।
चौथो खेलमा धार्पा युवा क्लबले सिर्जनशिल समाजमाथि ६-३ को सहज जित दर्ता गर्यो । २-० ले पछि परेको धार्पाले शानदार पुनरागमन गरेको थियो ।
धार्पाको जितमा किरण चौधरी र योगेस श्रेष्ठले समान दुई गोल गरे भने कृजल खड्का र सागर तामाङको नाममा समान एक गोल रह्यो सिर्जनशिलका लागि मन्दिप माझी, अमृत माझी र कप्तान अजय तामाङले गरेको गोल सान्त्वना बन्यो।