काठमाडौं । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी जारी भेट्रान्स फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा मंगलबार त्रिभुवन आर्मी फुटबल क्लब, किंगकम स्पोर्टस क्लबर र एनआरटीले जित निकालेका छन् ।
मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न पहिलो खेलमा आर्मीले धरान सिटी एफसीलाई ५-२ ले पराजित गर्यो । त्रिभुवन आर्मी क्लबका राजु तामाङ र सन्तोष नेपालीले समान दुई तथा हरि महतोले एक गोल गरे । धरानका लागि केन्द्र लिम्बु र सुरजकुमार श्रेष्ठले गोल फर्काए ।
दोश्रो खेलमा किंगकमले फाप्ला स्पोर्टस क्लबलाई ८-१ को फराकिलो अन्तरले पराजित गर्यो । किंगकमका लागि निमा लामा र विजय महर्जनले समान दुई तथा रोकेश श्रेष्ठ, चन्द्र तामाङ र बालगोपाल साहुखलले गोल गरे । फाप्लाका लागि अशोक चन्द्रले गोल गरे ।
दिनको तेश्रो तथा अन्तिम खेलमा एनआरटीले वगर भाइ खलकलाई २-१ ले पराजित गर्यो । एनआरटीका लागि सुरजकुमार श्रेष्ठ र सुविन घिमीरेले गोल गरे । वगर भाइ खलकका लागि गंगा तामाङले गोल फर्काए ।
प्रतियोगितामा बुधबार आर्मीले एसएनकेसी तथा चितवन भेट्रान्सले ठमेल टुरिजम डेभलपमेन्ट काउन्सिलको सामना गर्नेछन् ।