पुस २७, २०८२ सोमबार | १३:२४:१४
श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी ट्वान्टी-२० विश्वकप छनोटः अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपः फाइनल चरणको छनोटका लागि ३५ खेलाडी छानिए एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज

मिसन-२०२६ को विशेष प्रशिक्षण अर्को महिना देखि पुनः सुरु हुने

राखेपको बैठक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन-२०२६ को विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ ।

राखेपले सन् २०२६ मा जापानमा हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि पदकको बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष तयारी प्रशिक्षण सुरु गरेको थियो ।

गत आ।व। मा पाँच खेलको ६ महिना तथा थप ५ खेलको तीन महिना विशेष प्रशिक्षण सञ्चालन गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जनाएका छन् । कुनै पनि एसियाली खेलकुद सम्पन्न भए लगत्तै यति लामो समय आगामी संस्करणका लागि तयारी थालिएको पहिलो पटक हो ।

एसियाली खेलकुदको कुनै पनि संस्करणमा नेपालल दोहोरो अंकमा पदक  जितेको छैन । एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्णविहीन  छ ।

सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान चार गरी आठ कांस्य पदक जितेको थियो । संख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो ।

मंसिरदेखि सुरु हुने विशेष प्रशिक्षणमा पारा तेक्वान्दोसहित १२ खेल समावेश गरिएको छ । ९९ खेलाडी  र २२ प्रशिक्षकले विशेष प्रशिक्षणमा सहभागी हुने छन् । प्रशिक्षणमा २२ प्रशिक्षकलाई परिचालन गरिने छ ।

सम्बन्धित राष्ट्रिय खेल संघले तोकेको कोटा अनुसार छनोट गरिएको राष्ट्रिय टिमका उत्कृष्ट खेलाडीलाई विशेष प्रशिक्षणमा समावेश गरिने निर्देशक विष्टले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई वैदेशिक प्रशिक्षणको अवसर पनि दिइने छ । विशेष प्रशिक्षणमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई दैनिक जनही ५०० खुराक खर्च प्रदान गरिने छ भने प्रत्येकलाई १० हजार मुल्य बराबरको किट्स सेट उपलब्ध गराइने छ । 

असार मसान्तसम्म सञ्चालन गरिने विशेष प्रशिक्षणमा सहभागी सबैको प्रशिक्षण अवधिभर विमा पनि गरिने छ ।

विशेष प्रशिक्षणलाई प्रभावकारी बनाउन राय सुझाव र छलफलका लागि राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लको अध्यक्षतामा मंगलबार बैठक बसेको थियो । बैठकमा सम्बन्धित राष्ट्रिय खेल संघका पदाधिकारी, विभागीय प्रमुख, शाखा प्रमुखलगायतको उपस्थिति  थियो ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||