चैत्र ६, २०८२ शुक्रबार | ०२:४६:१८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

मिसन-२०२६ को विशेष प्रशिक्षण अर्को महिना देखि पुनः सुरु हुने

राखेपको बैठक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन-२०२६ को विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ ।

राखेपले सन् २०२६ मा जापानमा हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि पदकको बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष तयारी प्रशिक्षण सुरु गरेको थियो ।

गत आ।व। मा पाँच खेलको ६ महिना तथा थप ५ खेलको तीन महिना विशेष प्रशिक्षण सञ्चालन गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जनाएका छन् । कुनै पनि एसियाली खेलकुद सम्पन्न भए लगत्तै यति लामो समय आगामी संस्करणका लागि तयारी थालिएको पहिलो पटक हो ।

एसियाली खेलकुदको कुनै पनि संस्करणमा नेपालल दोहोरो अंकमा पदक  जितेको छैन । एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्णविहीन  छ ।

सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र तेक्वान्दोमा समान चार गरी आठ कांस्य पदक जितेको थियो । संख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो ।

मंसिरदेखि सुरु हुने विशेष प्रशिक्षणमा पारा तेक्वान्दोसहित १२ खेल समावेश गरिएको छ । ९९ खेलाडी  र २२ प्रशिक्षकले विशेष प्रशिक्षणमा सहभागी हुने छन् । प्रशिक्षणमा २२ प्रशिक्षकलाई परिचालन गरिने छ ।

सम्बन्धित राष्ट्रिय खेल संघले तोकेको कोटा अनुसार छनोट गरिएको राष्ट्रिय टिमका उत्कृष्ट खेलाडीलाई विशेष प्रशिक्षणमा समावेश गरिने निर्देशक विष्टले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई वैदेशिक प्रशिक्षणको अवसर पनि दिइने छ । विशेष प्रशिक्षणमा सहभागी खेलाडी तथा प्रशिक्षकलाई दैनिक जनही ५०० खुराक खर्च प्रदान गरिने छ भने प्रत्येकलाई १० हजार मुल्य बराबरको किट्स सेट उपलब्ध गराइने छ । 

असार मसान्तसम्म सञ्चालन गरिने विशेष प्रशिक्षणमा सहभागी सबैको प्रशिक्षण अवधिभर विमा पनि गरिने छ ।

विशेष प्रशिक्षणलाई प्रभावकारी बनाउन राय सुझाव र छलफलका लागि राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लको अध्यक्षतामा मंगलबार बैठक बसेको थियो । बैठकमा सम्बन्धित राष्ट्रिय खेल संघका पदाधिकारी, विभागीय प्रमुख, शाखा प्रमुखलगायतको उपस्थिति  थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो