चैत्र ६, २०८२ शुक्रबार | १६:३६:२६
न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी

प्रदीप सोझो सेटमा विजयी

फाइल तस्विर

सातदोबाटो । चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार प्रदीप खड्काले जित दर्ता गरेका छन् ।

उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा रहेका प्रदीपले प्रीतम परियारलाई ६-०, ६-१ को सोझो सेटमा पराजित गरे । प्रदीप पछिल्ला दुई संस्करणका विजेता हुन् ।

सोही स्पर्धामा राजवीर प्रदानलेले सक्षमविक्रम शाहलाई ६-०, ६-२, प्रणव खनालले विपुलविभोर अधिकारीलाई ६-०, ६-०, प्रणव मानन्धरले निजेज महर्जनलाई ६-०,६-०, आयुशमान हजुरघलेले निश्चल कायश्थलाई ६-०,६-३, निहालजंगबहादुर थापाले प्रणव वैद्यलाई ६-१, ६-० तथा ऋतिक राणाले बोरिस अधिकारीलाई ६-१, ६-२ को सोझो सेटमा पराजित गरे।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, इलम दीक्षित, सिमान्त गुरुङ, भीष्मजंग गुरुङ, समिर गुरुङ, सोवित गौचन, सन्तोष खत्री र कुमार तामाङ विजयी भए । सोही उमेरसमूहको पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्न्यात, देव क्षेत्री र दीप राणा, कमलबहादुर भण्डारी र यज्ञ भण्डारी तथा इलम र जितेन्द्रको जोडीले जित हात पारे ।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जीवन घिमिरे, मनोजविक्रम शाह, उत्तम शेर्पा र कमल थापा विजयी  भए । ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, छेवाङ लामा र सुमित मैनाली, सुरज श्रेष्ठ र सुरेश श्रेष्ठ तथा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीले सफलता पाए । ६५ वर्षमाथि पुरुष डबल्समा विदुर विष्ट र भिक्टर राणा तथा मनोज राणा र प्रकाश बोगटीको जोडी ले जित हासिल गरे ।

५५ वर्षमाथि पुरुष डबल्समा राम राणा र उत्तम बोगटीले वाकओभर पाए ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगिताको यु-८ गर्ल्स सिंगल्समा निम्ति कुँवर र अमिरा गुप्ता फाइनलमा पुगे । सोही स्पर्धाको ब्वाइजमा कायन चालिसे र तोनिश श्रेष्ठले उपाधि भिडन्त पक्का गरे ।

यु-१२ गर्ल्स सिंगल्स आयुशा जिसी, सरा पन्त, मेरिशा थापा र अनुश्री धोजुले जित निकाले । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो