काठमाडौं । बार्सिलोनाका स्टार रोबर्टाे लेवान्डोस्कीको दुई गोलप्रेरित पोल्यान्डले युरो २०२४ छनोटमा दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा पोल्यान्डले फारोइ इस्लान्ड्सलाई २–० ले हराएको हो ।
समूह ‘ई’ मा दोस्रो जितपछि पोल्यान्ड ६ अंकसहित तेस्रो स्थानमा छ । फारोइ इस्ल्यान्ड समान खेलबाट एक अंकसहित पुछारमा रह्यो ।
दुई जित र दुई बराबरसहित अपराजित चेक रिपब्लिक आठ अंकसहित शीर्षस्थानमा छ । एक अंक कम जोडेको अल्बानीया दोस्रो स्थानमा छ ।
घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७१औं मिनेटमा जिलिन्स्कीलाई बक्सभित्र लडाएपछि पोल्यान्डले पेनाल्टीअवसर पायो । ७३औं मिनेटमा लेवान्डोस्कीले कुनै गल्ती सहज गोल गर्दै अग्रता दिलाएका हुन् ।
८३औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । यसपटक जाकुव कामिन्स्कीको पासमा गोल गर्न सफल भए ।
राति नै भएको खेलमा चेक रिपब्लिक र अल्बानीयाले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।