वैशाख २७, २०८२ शनिबार | ०१:३६:०१
आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित

एन्फा साधारणसभामा भौतिक उपस्थितिको माग

काठमाडौं । सहिद स्मारक डिभिजन लिगका ३२ क्लबले विशेष साधारणसभा भौतिक उपस्थितिको माग, लेखा परिक्षक नियुक्त र बाँकी बक्यौता रकम भुक्तानी गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ध्यानाकर्षण गराएका छन् ।

बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुगेर ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका ३२ क्लब प्रतिनिधिले कार्यबहाक अध्यक्ष वीरबहादुर खड्का, कार्यबहाक महासचिव अरुणमान जोशी र कोषाध्यक्ष रविन्द्र जोशीलाई संयुक्त हस्ताक्षर गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

क्लबहरुले भदौं २४ गते हुने विशेष साधारणसभा भौतिक उपस्थितिमा बोलाउन जोडदार माग गरेको छ । ‘एन्फाको विशेष साधारण सभा एन्फा बिधानको धारा ३६ बमोजिम सम्पूर्ण सदस्यहरूको भौतिक उपस्थितिमा गराउन जोडदार माग गर्दछौ । बिधानमा स्पष्ट रूपमा विशेष परिस्थिति, महामारी र असहज अबस्थामा मात्र भर्चुअल बैठक गर्न मिल्ने ब्यबस्था भएकोले सदस्यहरूको भौतिक उपस्थितिमा विभिन्न विषयहरूमा समेत सहज छलफल गर्न पाउने बिधानको धारा ३७(६) संम्बद्ध व्यवस्थालाई कुण्ठित नगरियोस् भन्ने हाम्रो ठम्याइ छ,’ संयुक्त  हस्ताक्षर भएको पत्रमा भनिएको छ । ‘सहज परिस्थिति रहेको अबस्थामा तथा कुनै महामारी र असहज अबस्था नभएकोले भौतिक उपस्थितिमै बिशेष साधारण सभा गर्न गराउन समेत ध्यान केन्द्रित गर्दछौ ।’

यसअघि साउन २८ गते पनि २६ क्लबले एन्फा महासचिव किरण राईलाई बाँकी बक्यौता रकम उपलब्ध गराउँन पत्र बुझाएका थिए । क्लबहरुले एन्फा जिम्मेवार नदेखिएको आरोप लगाएका छन् । उनीहरुले नेतृत्व गम्भिर नभए एन्फाबाट सञ्चानल हुने कुनै पनि प्रतियोगितामा सहभागी नहुने चेतावनी दिएका छन् ।

बुधबार समेत थप ६ क्लबले संयुक्त हस्ताक्षरमा साथ दिँदै अबिलम्ब बक्यौता भुक्तानीको निर्णयमा पुग्न एन्फाको ध्यानाकर्षण गराएका हुन् । ‘सहिद स्मारक लिग अन्तर्गत ए. बि. र सि डिभिजन लिग प्रतियोगिताको तयारी खर्च बिगत लामो समय देखि एन्फाले भुक्तानी नगरेकोले यस सम्बन्धमा एन्फा महासचिव लगायत पदाधिकारीहरु संग पटक पटक छलफल तथा बिभिन्न समयमा क्लबहरूले बक्यौता भुक्तानी सम्बन्धमा पत्राचार समेत गरिसकेको हुँदा यस सम्बन्धमा एन्फा जिम्मेवार नदेखिएकोले अबिलम्ब बक्यौता भुक्तानीको निर्णयमा पुग्न पुनः एन्फाको ध्यानाकर्षण गर्दैछौ । यस बिषयमा एन्फा गम्भीर क्लबहरू समक्ष प्रतिबद्धता नजनाईएमा एन्फाबाट सन्चालन हुने कुनै पनि प्रतियोगिताहरूमा सहभागी नहुने समेत जानकारी गराउदै यो ज्ञापनपत्र बुझाएका छौ ।’

एन्फालाई क्लबहरुको ध्यानाकर्षण

https://kheladi.com/football/13810

यस्तै, क्लबले लेखा परीक्षक एल.एस.सी एसोसिएटलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय भै सकेको अबस्थामा पुनः सोही निर्णयलाई अनुमोदन गर्ने हेतुले बोलाईएको विशेष साधारण सभाको कुनै औचित्य नभएको साथै साधारण सभाको अधिकार कार्यसमितिले कुण्ठित गरेकोले त्यस्ता बिधान बिपरित कार्यको घोर निन्दा गरेको जनाएको छ ।

‘एन्फा कार्यसमितिको साउन १९ मा सबेको बैठकले लेखा परीक्षक एल.एस.सी एसोसिएटलाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय भै सकेको अबस्थामा पुनः सोही निर्णयलाई अनुमोदन गर्ने हेतुले बोलाईएको विशेष साधारण सभाको कुनै औचित्य नभएको साथै साधारण सभाको अधिकार कार्यसमितिले कुण्ठित गरेकोले त्यस्ता बिधान बिपरित कार्यको हामी घोर निन्दा गर्दछौ । कार्यसमितिले केबल साधारण सभामा लाने प्रस्ताव मात्र निर्णय गर्न सक्ने व्यवस्था रहेको समेत ध्यानाकर्षण गर्दछौ ।’



भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP