दोहो । फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पले टोलीका मिडफिल्डर ओरेलियन चुवामेनीले पाउल पोग्वा र एनगोलो कान्टेको अनुपस्थितमा आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरेको बताएका छन ।
फ्रान्सले २०१८ मा विश्वकप जित्दा प्रमुख भुमिका खेलेका पोग्बा र कान्टेले चोटका कारण कतार विश्वकप गुमाएका थिए ।
बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० ले पराजित गर्दै साबिकको विजेता फ्रान्स विश्वपकको फाइनलमा प्रवेश गरेको थियो । फ्रान्स १९६२ पछि पहिलो पटक विश्वकपको उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको छ । फ्रान्सले आइतबार फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।
फ्रान्सलाई फाइनलमा पु¥याउन चुवामेनीले पनि महतत्वपूर्ण भुमिका निवार्ह गरेका छन ।
‘युवा भए पनि चुवामोनीले टोलीका लागि महत्वपूर्ण भुमिका खेलिरहेका छन् ‘ डेसच्याम्पले भने‘अझै सुधार गर्नुपर्ने ठाउँ छ, तर मलाई थाहा थियो मौका पाएकमा चुवामेनीले राम्रो प्रदर्शन गर्नेछन । उनले आफुलाई प्रमाणित गर्न सफल भए ।’