श्रावण १९, २०८२ सोमबार | १९:०८:१८
इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा

अनिशा, सुक्रियासहित राष्ट्रिय यु-२० टोलीका थप पाँच खेलाडी संकटामा

सुक्रिया मिया, फाइल तस्विर ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला यु-२० टोलीका थप पाँच खेलाडीले अर्को महिना हुने एन्फा राष्ट्रिय महिला लिगको छनोट प्रतियोगिता खेल्ने भएका छन् ।

एएफसी यु-२० एसियन कप छनोटका लागि दक्षिण एसियाली राष्ट्र भुटानमा रहेका राइट ब्याक अनिशा राई, मिडफिल्डरू सुक्रिया मिया, सिम्रन राई, समीक्षा मगर र सेनु परियार संकटामा अनुबन्ध भएका हुन् ।

आइतबार सामाजिक संजाल फेसबुकमार्फत क्लबले युवा टोलीकी स्ट्राइकर पूर्णिमा राईलाई भित्र्याएको जानकारी गराएको थियो । त्यसको केही घण्टापछि नै क्लबले थप पाँच खेलाडीसँग सम्झौता गरेको तस्वीर पोष्ट गरेको हो ।

एन्फा राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता साउन २७ गते देखि सुरु हुँदैछ । प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ ।

संकटा क्लबसँग सम्झौता गर्दै नेपाली राष्ट्रिय यु–२० टोलीकी राइट ब्याक अनिशा राई, तस्विरः संकटा क्लबको फेसबुकबाट ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल र एफसी रिएले तथा समूह ‘बी’ मा एनआरटी, संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, नेपाल खेलकुद क्लब छन् ।

राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष दुई टोली मुख्य प्रतियोगिताका लागि छनोट हुनेछन् । यसैगरी तेस्रो स्थानमा रहने टोलीबीच प्ले–अफ खेलाइने छ । जसमा सफलता हासिल गर्ने टोलीले पनि मुख्य प्रतियोगिता खेल्नेछ ।

मुख्य प्रतियोगितामा तीन विभागीय टोली नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबसहित बागमती युवा क्लब र वालिङ नगरपालिकाले यसअघि नै स्थान पक्का गरिसकेका छन् । 

यी टोलीले अघिल्लो संस्करण सुपर स्टेजमा स्थान बनाएका थिए । जसका कारण यिनीहरू स्वतः मुख्य प्रतियोगितामा छनोट भएका हुन् ।  एपिएफ लिगको साविक विजेता हो ।


भिडियो
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?
आधुनिक NSC COVERED HALL मा पहिलो खेल ll
प्रधानमन्त्री KP OLI ले गरे FIFA Football For Schools कार्यक्रमको उद्घाटन ll
KHELADI TALKS WITH AJAY PHUYAL II BIGYAN RAJ SHARMA II FORMER PLAYER , NATIONAL FOOTBALL TEAM
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team