काठमाडौं । घरेलु टोली इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा भारत ६ रनले विजयी भएको छ ।
भारतको यो जितसँगै पाँच खेलको शृंखला २-२ को बराबरीमा सकिएको छ । केनिङ्गटन ओभलमा भारतले प्रस्तुत गरेको ३७४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड पाँचौं दिनमा ३७६ रनमा समेटियो ।
३३९-६ को स्थितीबाट पाँचौं दिनको सुरुआत गरेको इङ्ल्यान्डले २८ रन थप्दा बाँकी चार विकेट गुमायो ।
इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले ९८ बलमा १४ चौका र दुई छक्काको मद्दतले सर्वाधिक १११ रनको योगदान गरे । यसैगरी जो रुटले १५२ बलमा १५ चौकासहित १०५, बेन डकेटले ५४, कप्तान ओली पेपले २७, गस एट्किनसनले १७ र ज्याक क्राउलीले १४ रन बनाए ।
भारतका लागि मोहम्मद सिराजले पाँच, प्रसिद्ध कृष्णाले चार र आकाश दिपले एक विकेट लिए ।
भारतले दोस्रो इनिङमा ३९६ रन बनाएपछि इङ्ल्यान्डले ३७४ रनको लक्ष्य प्राप्त गरेको थियो ।
भारतका लागि यशस्वी जैसवालले १६४ बलमा १४ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ११८ रनको योगदान गरे । यसैगरी आकाश दिपले ९४ बलमा १२ चौकासहित ६६, रविन्द्र जडेजा र वासिङटन सुन्दरले समान ५३, ध्रुव जुरेलले ३४, करुण नायरले १७ तथा साइ सुदर्शन र कप्तान शुभमन गिलले समान एक विकेट लिए ।
इङ्ल्यान्डका लागि जोश टङ्गले पाँच,गस एट्किन्सनले तीन र जेमी ओभरटनले दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारत २२४ रनमै समेटिएको थियो । २४७ रन मात्रै बनाउन सकेपछि इङ्ल्यान्डले पहिलो इनिङमा २३ रनको सामान्य अग्रता लिएको थियो ।