श्रावण १९, २०८२ सोमबार | १९:३२:२७
इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृंखला बराबरी इन्डो-नेपाल अन्तरविद्यालय कराते शनिबार एन्फा यु-१६ फुटबल लिगः शीर्ष स्थानमा बलियाे बन्दै पुलिस कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईको राजीनामा प्लानिङ ब्वाइजविरुद्ध एपिएफको सहज जित डच रक्षक जोरेल हाटो चेल्सीमा अनुबन्ध पाकिस्तानलाई वेस्ट इन्डिजजिरुद्धको ट्वान्टी-२० शृंखला पब्जी मोबाइल विश्वकपमा नेपालको होरालाई नवौं स्थान पोल्यान्डलाई भलिबल नेसन्स लिगको उपाधि प्रिमियर लिग फर्किए जोआओ पाल्हिन्हा
शनिबारको दिन शनिबारको दिन

आन्तरिक द्वन्द्वमा भासिएको वेस्ट इन्डिज क्रिकेट

काठमाडौं । वेस्ट इन्डिजको क्रिकेट इतिहास सन् १८९० देखि कोरिएको भेटिन्छ । टोलीले सन् १९२६ मा आइसिसीको पूर्ण सदस्यता पाएको थियो । आइसिसी सदस्य भएको नै ९९ वर्ष भइसकेको छ ।

वेस्ट इन्डिजलाई आइसिसीले सन् १९२८ मा टेस्ट राष्ट्रको मान्यता दिएको थियो । सन् १९७० को दशक मध्यदेखि १९९० को दशकको सुरुआतसम्म वेस्ट इन्डिजको टोली टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट दुवैमा विश्वकै सबैभन्दा बलियो थियो ।

वेस्ट इन्डिजले एकदिवसीय विश्वकपको सुरुआती तीन संस्करणमा फाइनल यात्रा तय गर्दा दुई पटक च्याम्पियन बनेको थियो । टोलीले सन् १९७५ र ०७९ को उपाधि जित्दा १९८३ को फाइनलमा भने भारतसँग पराजित भएको थियो ।

वेस्ट इन्डिजले सन् २००४ मा आइसिसी च्याम्पियन्स ट्रफीको पनि उपाधि उचालेको थियो ।

सन् २०१६ को विश्वकप च्याम्पियन बनेयता भने वेस्ट इन्डिजको प्रदर्शन लगातार खस्किरहेको छ । 

ब्रायन लारा, भिभियन रिचर्ड्स, शिवनारायण चन्द्रपाल, एन्डी रोबर्ट्सजस्ता २१ खेलाडी ‘आइसिसी हल अफ फ्रेम’ मा रहनुले पनि वेस्ट इन्डिज कस्तो टोली थियो भन्ने अनुमान गर्न सकिन्छ । यीबाहेक क्रिस गेल, आन्द्रे रसेल, सुनिल नारायण, किरोन पोलार्डजस्ता नयाँ पुस्ताका खेलाडीको पालामा पनि वेस्ट इन्डिजले आफ्ना छविलाई उच्च बनाएको थियो ।

वेस्ट इन्डिज र अस्ट्रेलियाबीचको ट्वान्टी-२० शृंखलामा टस हुँदै । 

वेस्ट इन्डिजले सन् २००६ मा ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएको वेस्ट इन्डिजले क्रिकेटको यो नयाँ संरचनामा पनि आफूलाई अब्बल साबित गरेको छ । टोली सन् २०१२ र २०१६ को ट्वान्टी-२० विश्वकप च्याम्पियन बनेको थियो । हालसम्म वेस्ट इन्डिजसहित भारत र इङ्ल्यान्डले मात्रै दुई पटक यो संरचनाको विश्वकप उपाधि जितेका छन् ।

सन् २०१६ को विश्वकप च्याम्पियन बनेयता भने वेस्ट इन्डिजको प्रदर्शन लगातार खस्किरहेको छ । कुनै समय विश्वकप क्रिकेटको सबैभन्दा बलियो मानिएको टोलीलाई अहिले सबैभन्दा सहज प्रतिद्वन्द्वीका रूपमा हेरिन थालिएको छ ।

वेस्ट इन्डिजले पछिल्ला १० मध्ये ९ खेल गुमाउँदा एक खेलमात्र आफ्नो पक्षमा पारेको छ ।  वेस्ट इन्डिजकाे पछिल्लाे जित आयरल्यान्डविरुद्ध  थियो ।

वेस्ट इन्डिज क्रिकेटको यति धेरै चर्चा किनभन्दा टोलीले भर्खरै सम्पन्न अस्ट्रेलियाविरुद्ध तीन टेस्ट र पाँच ट्वान्टी-२० शृंखलाका सबै खेल गुमाएको थियो । त्यो पनि घरेलु मैदानमा ।

वेस्ट इन्डिजले टेस्ट शृंखलामा १५९, १३३ र १७६ तथा ट्वान्टी-२० शृंखलामा खेलमा क्रमशः ३, ८, ६, ३ र ३ विकेटको हार बेहोरेको थियो ।

‘यो प्रदर्शन हृदयविदारक छ,’ वेस्ट इन्डिजका अलराउन्डर रोस्टन चेजले अस्ट्रेलियासँगको शृंखलापछि भनेका थिए, ‘सुरुआतमा हामीले सोच्यौं, खेल जित्ने स्थितिमा छौं । तर हाम्रो प्रदर्शन एकदमै कमजोर रह्यो । यस्तो क्रम पछिल्ला शृंखलामा दोहोरिँदै आएको छ । यसले हामीलाई अझ निराशाजनक बनाएको छ ।’

राेस्टन चेज । 

वेस्ट इन्डिजले पछिल्ला १० मध्ये ९ खेल गुमाउँदा एक खेलमात्र आफ्नो पक्षमा पारेको छ ।  वेस्ट इन्डिजकाे पछिल्लाे जित आयरल्यान्डविरुद्ध  थियो ।

त्यसअघि इङ्ल्यान्डविरुद्धको समान तीन खेलको एकदिवसीय र ट्वान्टी-२० शृंखलामा पनि ‘क्लिन स्विप’ हार बेहोरेको थियो ।

वेस्ट इन्डिज क्रिकेट खस्किनुको कारण

चार पटकको विश्व च्याम्पियन तथा १९८० देखि १९९५ सम्मको टेस्ट शृंखलामा अपराजित टोली वेस्ट इन्डिज हाल जित निकाल्न नै संघर्ष गरिहेको छ ।

कुनै समय तीनै शैलीको वरीयतामा शीर्ष स्थानमा पुगिसकेको टोली अहिले मुस्किलले शीर्ष १० मा अटाएको छ । पछिल्लो वरीयता अनुसार वेस्ट इन्डिज टेस्टमा आठौं, एकदिवसीयमा १०औं र ट्वान्टी-२० मा छैटौं स्थानमा छ ।

वेस्ट इन्डिज क्रिकेट आजको स्थितिमा पुग्नुको मुख्य कारण बोर्डको खराब व्यवस्थापन नै भएको मानिन्छ ।

दुई पटक च्याम्पियन बनिसकेको वेस्ट इन्डिज २०२४ को विश्वकपका लागि छनोट पनि हुन सकेन । सन् २०२३ मा सम्पन्न छनोट प्रतियोगितामा स्कटल्यान्डसँग पराजित भएपछि वेस्ट इन्डिजको विश्वकप खेल्ने सपना अधुरै रह्यो । यहींबाट खेलाडी र वेस्ट इन्डिज क्रिकेट बोर्डबीच विवाद सुरु भएको मानिन्छ ।

सन् २०१६ को ट्वान्टी २० विश्वकप च्याम्पियन वेस्ट इन्डिज । 

वेस्ट इन्डिज क्रिकेट आजको स्थितिमा पुग्नुको मुख्य कारण बोर्डको खराब व्यवस्थापन नै भएको मानिन्छ । जसमा खेल तालिका, खेलाडी छनोट र नेतृत्वमा बारम्बार परिवर्तनका समस्याहरू, स्थिरताको अभावजस्ता पक्षहरू समावेश छन् ।  

यस्तै खेलाडीहरूले राष्ट्रिय टोलीका लागि भन्दा फ्रेन्चाइच लिगमा खेल्न बढी प्राथमिकता दिन थालेकाले पनि वेस्ट इन्डिजको प्रदर्शनमा प्रत्यक्ष असर गरेको छ । उदाहरणका लागि निकोलस पूरनलाई लिन सकिन्छ । उनले फ्रेन्चाइज क्रिकेटलाई प्राथमिकता दिने भन्दै २९ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।

आन्तरिक द्वन्द्व र तलब विवाद वेस्ट इन्डिज क्रिकेट पतनको अवस्थामा पुग्नेको अर्को प्रमुख कारण हो । खेलाडी र बोर्डबीचको चरम द्वन्द्व, प्रायः तलब र सम्झौता मुद्दाहरूमा टोलीभित्र अस्थिरताको प्रभाव वेस्ट इन्डिज टोलीको प्रदर्शनमा प्रस्ट नै झल्कन थालेको छ । बोर्डसँगको विवादका कारण सुनिल नारायण, किरोन पोलार्डजस्ता खेलाडी राष्ट्रिय टोलीबाट बाहिरिएका थिए ।

 सर भिभियन रिचर्ड्स ।

समाधानको प्रयासवेस्ट इन्डिज क्रिकेट बोर्डले यो समस्या समाधानका लागि आफ्ना पूर्व क्रिकेटहरूसँग सहयोग मागेको छ । बोर्डले बोलाएको आपतकालीन बैठकमा सहभागी हुने पूर्वखेलाडीमध्ये एक हुन् सर भिभियन रिचर्ड्स ।

बोर्डले रिचर्ड्सबाहेक ब्रायन लारा जस्ता महान खेलाडीसँग पनि सल्लाह गरेको बताइएको छ । बोर्डको यो पहलबाट वेस्ट इन्डिज क्रिकेटमा उत्पन्न समस्या समाधान हुने अपेक्षा राखिएको छ ।