काठमाडौं । अस्ट्रेलियामा हुने टप इन्ड ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपालले पहिलो खेलमा स्थानिय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरको सामना गर्नेछ । आयोजक नर्दर्न टेरिटोरी क्रिकेटले सार्वजनिक गरेको खेल तालिका अनुसार यी दुईबीचको खेल अगस्ट १५ मा हुनेछ ।
यसैगरी नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’, १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
नेपालले ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप जुलाई १४ देखि २४ सम्म डार्विनमा हुने प्रतियोगिता खेल्न लागेको हो ।
प्रतियोगिता डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा हुनेछ ।
नेपालले सहभागिता जनाउने ट्वान्टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अक्टोबरमा ओमानमा हुँदैछ । त्यसअघि नेपालले वेस्ट इन्डिजसँग पनि तीन खेलको ट्वान्टी-२० शृंखला खेल्ने तालिका छ ।
नेपाली टोली
रोहितकुमार पौडेल( कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), गुल्शनकुमार झा, भीम सार्की, कुशल मल्ल, रुपेशकुमार सिंह, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दनकुमार यादव, रिजन ढकाल, ललितनारायण राजवंशी, लोकेश बम