काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट भारतमा जारी डुरान्ड कपमा रियाल कश्मिर एफसीको जर्सीमा देखिएका छन् ।
सोमबार सम्पन्न समूह ‘एफ’ को आफ्नो दोस्रो खेलमा आइ लिग टोली काश्मिरले ट्राउ एफसीविरुद्ध अञ्जनलाई पहिलो रोजाइमै मैदान उतारेको थियो ।
खुमन लम्पाक रंगशालामा काश्मिरले २१ को रोमाञ्चक जित दर्ता गर्यो । जितसँगै दुई खेलमा तीन अंक जोडेको काश्मिर दोस्रो स्थानमा छ । दुवै खेलमा पपराजित ट्राउ अंकविहिन छ ।
काश्मिरलाई जित दिलाउन मरात तारेक र रोहेन सिंहले गोल गरे । ट्राउका लागि अफ्रिदी बुइमायुमले गोल फर्काए ।
खेलको २५औं मिनेटमा तारेकको गोलमार्फत काश्मिरले अग्रता लिएको थियो । तर, दुई मिनेटमै बुइमायुमले ट्राउलाई बराबरीमा ल्याए ।
रोहेनले ६४औं मिनेटमा गोल गर्दा काश्मिर २-१ ले अगाडि बढ्यो ।
कप्तान शितलजित अटोमले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि ७७औं मिनेटमा ट्राउ १० खेलाडीमा समेटियो ।
अब कश्मिरले अगस्ट १० मा नेरोका तथा ट्राउले अगस्ट १२ मा इन्डियन नेभीको सामना गर्नेछन् ।