काठमाडौं । अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपमा पुग्ने भुटानको सम्भावना समाप्त भएको छ ।
शुक्रबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न आफ्नो दोस्रो खेलमा उत्तर कोरियासँग १०–० को हार बेहोरेपछि भुटान एक खेल अगावै एसियन कप समीकरणबाट बाहिरिएको हो ।
भुटानले पहिलो खेलमा नेपालसँग १–१ को बराबरी खेलेको थियो ।
समूह ‘ए’ अन्तर्गत दिनको पहिलो खेलमा नेपालले साउदी अरेबियामाथि १–० को कठिन जित हासिल गर्यो । जितसँगै नेपालले एसियन कप पुग्ने सम्भावनालाई जिवितै राखेको छ । लगातार दोस्रो हार बेहोरेको साउदी अरेबिया पनि एसियन कप समीकरणबाट बाहिरियो ।
सोमबार अन्तिम तथा निर्णायक खेलमा उत्तर कोरियाले नेपाललाई बराबरीमा मात्र रोके पनि एसियन कपमा स्थान बनाउनेछ । नेपाललाई भने जितबोहक अन्य विकल्प छैन ।
उत्तर कोरियाले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई १५–० ले हराएको थियो ।