काठमाडौं । एन्फा यु-१६ युथ लिगमा शुक्रबार मनाङ मर्स्याङ्दी क्लबले प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै १३ खेलमा २८ अंक जोडेको मनाङ दोस्रो स्थानमा उक्लिएको छ । पराजित प्लानिङ ब्वाइज समान खेलबाट सात अंकका साथ १२औं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मनाङलाई जित दिलाउन विवेक मगर, राम अर्जेल र धरविन्द्र बोहराले गोल गरे ।
खेलको आठौं मिनेटमा विवेकको गोलमार्फत मनाङले अग्रता लिएको थियो । ६२औं मिनेटमा रामले टोलीको अग्रता दोब्बर बनाए ।
धरविन्द्रले ७७औं मिनेटमा गोल गर्दा मनाङले ३-० को सहज जित निकाल्यो ।
शुक्रबारै सम्पन्न अन्य खेलमा मछिन्द्रले न्युरोट टिम (एनआरटी)लाई २-० तथा श्री भगवतीले आर्मीलाई २-१ ले पराजित गरे ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?