चैत्र १०, २०८२ मंगलबार | १४:५२:१२
डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी

म्याराडोनाको प्रेरणामा अर्जेन्टिनालाई दोस्रो उपाधि

१९८६, अर्जेन्टिना (१२औं विश्वकप)

मे ३१ देखि जुन २९ सम्म
सहभागी टोली- २४
खेल संख्या- ५२
गोल संख्या- १ सय ३२ (प्रतिखेल २.५ गोलऔसत)
दर्शक- २३ लाख ९३ हजार ३१ (४६ हजर १९ प्रतिखेल)
विजेता- अर्जेन्टिना
उपविजेता- पश्चिम जर्मनी 
तेस्रो स्थान- फ्रान्स
चौथो स्थान- बेल्जियम
गोल्डेन शु- ग्यारी लिनेकर (इङ्ल्यान्ड)
गोल्डेन बल- डिएगो म्याराडोना (अर्जेन्टिना)
उत्कृष्ट युवा खेलाडी- इन्जो सिफो (बेल्जियम)
फेयर प्ले अवार्ड- ब्राजिल

विश्वकप दुई पटक आयोजना गर्ने मेक्सिको पहिलो राष्ट्र बन्यो । सन् १९७० मा उत्तर अमेरिकी राष्ट्रले पहिलो पटक फुटबलको यो मेला आयोजना गर्दा ब्राजिलले प्रतियोगिता जितेको थियो र पेले त्यसका स्टार थिए । यस पटक अर्जेन्टिनाले उपाधि जित्यो र म्याराडोना विवादरहित नायक बने । संयोगले सर्वकालिन फुटबलरमा पेले र म्याराडोनामा को उत्कृष्ट भन्ने प्रश्नको उत्तर अझै स्पष्ट छैन ।

तथ्यांकले भन्छ १९८६ को प्रतियोगितामा उत्कृष्ट म्याराडोनाको नजिक नै कोही थिएनन् । अर्जेन्टिनाले फाइनलमा जर्मनीलाई ३-२ ले पराजित गरी प्रतियोगितामा गरेको कुल १४ गोलमा १० नम्बर जर्सीधारी म्याराडोनाले पाँच गोल गरे भने पाँचमा पास उपलब्ध गराए । जर्मनी लगातार दोस्रो पटक उपविजेतामै सीमित भयो ।

प्रतियोगितामा म्याराडोनाको आधा कहानी मात्र थियो । अजटेका रंगशालामा इङ्ल्यान्डमाथिको क्वार्टरफाइनलमा २-१ को विजय हात पार्दा म्याराडोनाले दुई यस्ता गोल गरे, जसको वर्णन जति गरे पनि कम हुन्छ । पहिलो गोल जसलाई म्याराडोनाले ‘भगवान्को हात’ भन्छन् ।

क्रस आएको बललाई इङ्ल्यान्डका गोलरक्षक पिटर सिल्टनले पन्च गर्न अगाडि बढ्दा फुच्चे प्लेमेकर म्याराडोनाले हातले नै बललाई गोल गरिदिएका थिए । त्यसको तीन मिनेटपछि उनले दोस्रो उत्कृष्ट गोल गरेका थिए । आफ्नै मध्यभागबाट एक्लै बल अगाडि बढाउँदै उनले इङ्ल्यान्डका पाँच खेलाडी र गोलरक्षक सिल्टनलाई बिट गरी  गरेको गोललाई अहिले पनि विश्वकप इतिहासकै उत्कृष्ट गोल मानिन्छ ।

आर्थिक कारण देखाई कोलोम्बियाले नाम फिर्ता लिएपछि मेक्सिकोले प्रतियोगिता आयोजना गरेको थियो । १९८५ को सेप्टेम्बरमा शक्तिशाली भूकम्पले झन्डै २० हजार मेक्सिकनको ज्यान गएको थियो । तर भूकम्पले रंगशालालाई कुनै असर पारेको थिएन र मेक्सिकोले यादगार प्रतियोगिता आयोजना गरेर देखायो ।

म्याराडोना प्रमुख आकर्षण थिए भने इङ्ल्यान्डका स्ट्राइकर ग्यारी लिनेकर प्रतियोगिताका केही नायकमध्ये एक थिए । उनले ६ गोल गर्दै गोल्डेन शू जितेका थिए । पोल्यान्डविरुको ह्याट्रिकले प्रतियोगितामा उनलाई उच्च गोलकर्ता बनाएको थियो ।

खराब सुरुआत र कप्तान ब्रायन रोब्सन खेल्न नसक्ने भएको अवस्थामा लिनेकरले गोल गर्नेक्रमलाई जारी राख्दै इङ्ल्यान्डलाई अगाडि बढाएका थिए । अर्जेन्टिनासँग २-० ले नै पछाडि रहेको अवस्थामा उनले इङ्ल्यान्डका लागि एक गोल फर्काए भने थोरैले मात्र बराबरी गोलबाट टाढा रहे ।

क्यानाडा र इरानसँगै नवप्रवेशी टोली डेनमार्कले आक्रामक शैलीमा खेल्दै लगातार तीन खेल जितेको थियो । त्यसमा एक विजय जर्मनीविरुद्ध थियो । ‘डेनिस बम’ उपनाम पाएको डेनमार्कको टोलीमा माइकल लाउड्रुप र प्रेबेन इल्कजाइरजस्ता खेलाडी थिए । उरुग्वेलाई ६-१ ले पराजित गर्दा इल्कजाइरले डेनमार्कका लागि ह्याट्रिक गरेका थिए ।

सोभियत युनियनले पहिलो चरणमा हंगेरीमाथि ६-० को सबैभन्दा ठूलो विजय पायो । टोलीमा युइएफए कप विनर्स कप जितेका डिनामो किभका इगोर बेलानोभसहितका खेलाडी थिए । बेलानोभले त्यसपछि १९८६ को युरोपेली वर्ष खेलाडीको पुरस्कार जितेका थिए । छोटो समयको सूचनामा डिनामोका प्रशिक्षक भालेरी लोबानोभस्कीले सोभियत युनियनको टोली सम्हालेका थिए ।

डेनमार्कजस्तै सोभियत युनियन पहिलो चरणमा समूह विजेता बन्यो । तर दोस्रो चरणमा बेल्जियमसँग ४-३ ले पराजित भयो । बेलानोभले सो खेलमा ह्याट्रिक गरेर पनि विश्वकपमा पराजित टोलीको सदस्य हुने तेस्रो खेलाडी बने । डेनमार्कको पराजय झन अप्रत्यारिलो थियो । टोली स्पेनसँग ६-१ ले पराजित भयो । स्पेनका इमिलिओ बुत्रागुइनोले ४ गोल गरेका थिए ।

यसपटक विश्वकपको संरचनामा परिवर्तन ल्याइएको थियो । दोस्रो चरणको समूह चरण हटाई त्यसको स्थानमा अन्तिम १६ नकआउट चरण राखिएको थियो । त्यसको मतलब तेस्रो स्थानमा रहने ४ टोलीले नकआउट चरणमा प्रवेश पाउँथे ।

तर मोरक्कोले त्यो कुरिरहनु परेन, जसले टोलीलाई पहिलो चरण पार गर्ने पहिलो अफ्रिकी राष्ट्र बनायो । मोरक्कोले समूह चरणमा पोर्चुगललाई ३-१ ले पराजित गरेको थियो भने त्यसपछिका खेलमा पश्चिम जर्मनीसँग घुँडा टेकेको थियो ।

जर्मनीले त्यसपछि नकआउट चरणको खेलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । मेक्सिकोका मानुइल नेग्रेटेले प्रतियोगिताकै उत्कृष्ट गोलहरूमा गनिने किसिमले बाइसाइकल किकमा गोल गरे ।

तीन क्वार्टरफाइनल खेलको निर्णय पेनाल्टी सुटआउटमै भए । चुलबुले गोलरक्षक जिएन मारिइ पफाफको सानदार प्रदर्शनमा बेल्जियमले स्पेनलाई पछा¥यो भने फ्रान्सले ब्राजिलको आशा समाप्त पारिदियो । फ्रान्सले ४-३ ले जितेको यस खेललाई पेलेले ‘ऐतिहासिक’ भनेका थिए ।

यसअघि साविक विजेता इटालीलाई पराजित गरेको युरोपियन च्याम्पियन फ्रान्सले संगठित ब्राजिलसँगको निर्धारित खेल १-१ को बराबरीमा टुंग्याएको थियो भने अतिरिक्त समयमा पनि गोल नभएपछि निर्णय पेनाल्टी सुटआउटमा भयो, जहाँ जिकोको प्रहारलाई फ्रान्सका गोलरक्षक जोइल बाट्सले रोकेका थिए ।

तर मिचेल प्लाटिनीले समेत पेनाल्टी गुमाए पनि लुइस फर्नान्डेजको निर्णायक गोलमा फ्रान्सले खेल आफ्नो पक्षमा पा¥यो । तर फ्रान्सको दुर्भाग्य टोली फेरि सेमिफाइनलमा जर्मनीसँग पराजित हुन पुग्यो ।

बेल्जियमविरुद्धको सेमिफाइनलमा २-० को विजय हात पार्दा दुवै गोल गरेका म्याराडोनाले फेरि अर्को स्मरणीय गोल गरे । तर फाइनल उनका लागि त्यति सजिलो भएन । लोथर म्याथ्युजले उनलाई नियन्त्रणमा लिए । सेन्ट्रल रक्षक जोसे लुइस ब्राउनले अर्जेन्टिनाको लागि पहिलो गोल गरे ।

कार्लोस बिलार्डोको टोलीका ब्राउन अपत्यारिला नायक मध्येका एक थिए । विश्वकप खेलिरहे पनि ब्राउन क्लबको खोजीमा थिए । जर्ज भाल्डानोले अर्जेन्टिनाको अग्रतालाई दोब्बर बनाए । कार्ल हेइन्ज रुमेङ्गे र रुडी भोलरले ६ मिनेटको अन्तरमा गोल गरी जर्मनीलाई बराबरीमा ल्याए ।

म्याथ्युजले म्याराडोनालाई पूरै ९० मिनेट नियन्त्रणमा राख्न सकेनन् । भोलरले ८०औं मिनेटमा बराबरी गोल गरेको तीन मिनेटपश्चात् नै म्याराडोनाले दिएको पासलाई जर्ज बुरुचागाले तेस्रो गोल गरे, जसले अर्जेन्टिनालाई दोस्रो पटक विश्वकपको उपाधि दिलायो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो