काठमाडौं । बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रालाई लगातार चौथो खेलसम्म पनि कायम राखेको छ ।
मंगलबार पार्क डेस प्रिन्सेसमा बायर्नले घरेलु टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्ध २१ को रोमाञ्चक जित दर्ता गर्यो ।
जितसँगै चार खेलमा १२ अंक जोडेको बायर्न शीर्ष स्थानमा छ । पहिलो पराजय बेहोरेको पिएसजी समान खेलबाट ९ अंकका साथ तेस्रो स्थानमा छ ।
बायर्नलाई जित दिलाउन दुवै गोल लुइस डियाजले गरे । पिएसजीका लागि जोआओ नेभेसले गोल फर्काए ।
खेलको चौथो मिनेटमै डियाजको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ३२औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा डियाजले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि बायर्न १० खेलाडीमा समेटिएको थियो । अचरफ हाकिमीलाई खराब ट्याकल गरेपछि डियाले सिधै रातो कार्डको सामना गरेका थिए ।
नेभेसले ७४औं मिनेटमा गोल गर्दै पिएसजीलाई खेलमा फर्काउने संकेत दिए पनि त्यो पर्याप्त बन्न सकेन ।
