चैत्र ९, २०८२ सोमबार | १२:५७:०२
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

सुखद सुरुआतको लक्ष्यमा अर्जेन्टिना

दोहा । सात पटकका बलोन डी अर विजेता लियोनल मेसीमाथि सधै लाग्दै आएको अरोप हो, क्लब फुटबलका अब्बल उनी प्रमुख प्रतियोगितामा राष्ट्रका लागि स्वभाकिक खेल कहिले खेल्दैनन् ।

गत वर्ष ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि जितेपछि मेसीको आलोचना केही मत्थर भएको छ । त्यसो त अर्जेन्टिनाले सन् २०१९ मा कोपा अमेरिकामै ब्राजिललाई नतिजा सुम्पिएपछिका ३६ खेलमा अपराजित यात्रा कायम राखेको छ ।

कोपा अमेरिकामा पाएको सफलता र लगातारको अपराजित यात्राले सन् १९८६ पछि पहिलो पटक कतार विश्वकप जित्ने अर्जेन्टिनाको लक्ष्यलाई थप बल दिएको छ। 

सन्  १९७८ र १९८६ को विश्व विजेता अर्जेन्टिनाले मंगलबार समूह ‘सी’ मा एसियाली मुलुक साउदी अरेबियाविरुद्धको खेलसँगै कतार विश्वकप २०२२ मा आफ्नो यात्राको थालनी गर्नेछ । 

मेसीले यसअघि नै यो आफ्ना लागि अन्तिम विश्वकप सहभागिता हने संकेत गरिसकेका छन् । सन् २०१४ उनकै कप्तानीमा अर्जेन्टिना ब्राजिल विश्वकपको फाइनलमा प्रवेश गरे पनि जर्मनीसँग निराश भएको थियो । त्यसैले आफ्नो अन्तिम सहभागितामा मेसी अर्जेन्टिनाको दाबेदार छबीलाई न्याय दिन चाहन्छन् ।

अर्जेन्टिना रुस विश्वकपको अन्तिम १६ मा फ्रान्ससँग निराश भएको थियो ।

यता साउदी अरेबिया भने दाबेदार टोली अर्जेन्टिनालाई स्तब्ध पार्दै विश्वकप यात्राको सुखद थालनी गर्ने योजनामा छ । विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन् । तर साउदी अरेबियाका रक्षकलाई मेसीको गति रोक्न सहज भने हुनेछैन ।

अर्जेन्टिनाका लागि साउदी अरेबिया समूह सी मा अन्य टोलीको तुलनामा कमजोर टोली हो । यस समूहमा  मेक्सिको र पोल्यान्ड पनि रहेका छन् । 
सन् १९९४ को विश्वपकको समूह चरण पार गर्नु नै साउदी अरेबियाका लागि सबै भन्दा ठूलो उपलब्धी हो । त्यसयता साउदी अरेबियाको सहभागिता समूह चरणमा सीमित हुँदै आएको छ ।

समूह ‘सी’ कै अर्को खेलमा मंगलबार नै पोल्यान्ड र मेक्सिको भिड्दै छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो