माघ १९, २०८२ सोमबार | ०१:३३:४४
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

सुखद सुरुआतको लक्ष्यमा अर्जेन्टिना

दोहा । सात पटकका बलोन डी अर विजेता लियोनल मेसीमाथि सधै लाग्दै आएको अरोप हो, क्लब फुटबलका अब्बल उनी प्रमुख प्रतियोगितामा राष्ट्रका लागि स्वभाकिक खेल कहिले खेल्दैनन् ।

गत वर्ष ब्राजिललाई हराउँदै कोपा अमेरिकाको उपाधि जितेपछि मेसीको आलोचना केही मत्थर भएको छ । त्यसो त अर्जेन्टिनाले सन् २०१९ मा कोपा अमेरिकामै ब्राजिललाई नतिजा सुम्पिएपछिका ३६ खेलमा अपराजित यात्रा कायम राखेको छ ।

कोपा अमेरिकामा पाएको सफलता र लगातारको अपराजित यात्राले सन् १९८६ पछि पहिलो पटक कतार विश्वकप जित्ने अर्जेन्टिनाको लक्ष्यलाई थप बल दिएको छ। 

सन्  १९७८ र १९८६ को विश्व विजेता अर्जेन्टिनाले मंगलबार समूह ‘सी’ मा एसियाली मुलुक साउदी अरेबियाविरुद्धको खेलसँगै कतार विश्वकप २०२२ मा आफ्नो यात्राको थालनी गर्नेछ । 

मेसीले यसअघि नै यो आफ्ना लागि अन्तिम विश्वकप सहभागिता हने संकेत गरिसकेका छन् । सन् २०१४ उनकै कप्तानीमा अर्जेन्टिना ब्राजिल विश्वकपको फाइनलमा प्रवेश गरे पनि जर्मनीसँग निराश भएको थियो । त्यसैले आफ्नो अन्तिम सहभागितामा मेसी अर्जेन्टिनाको दाबेदार छबीलाई न्याय दिन चाहन्छन् ।

अर्जेन्टिना रुस विश्वकपको अन्तिम १६ मा फ्रान्ससँग निराश भएको थियो ।

यता साउदी अरेबिया भने दाबेदार टोली अर्जेन्टिनालाई स्तब्ध पार्दै विश्वकप यात्राको सुखद थालनी गर्ने योजनामा छ । विश्वकपमा यी दुई टोली पहिलो पटक आमने सामने हुन लागेका हुन् । तर साउदी अरेबियाका रक्षकलाई मेसीको गति रोक्न सहज भने हुनेछैन ।

अर्जेन्टिनाका लागि साउदी अरेबिया समूह सी मा अन्य टोलीको तुलनामा कमजोर टोली हो । यस समूहमा  मेक्सिको र पोल्यान्ड पनि रहेका छन् । 
सन् १९९४ को विश्वपकको समूह चरण पार गर्नु नै साउदी अरेबियाका लागि सबै भन्दा ठूलो उपलब्धी हो । त्यसयता साउदी अरेबियाको सहभागिता समूह चरणमा सीमित हुँदै आएको छ ।

समूह ‘सी’ कै अर्को खेलमा मंगलबार नै पोल्यान्ड र मेक्सिको भिड्दै छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।