चैत्र ७, २०८२ शनिबार | १९:१३:०५
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

घाइते सन दक्षिण कोरियाको विश्वकप टोलीमा हुने

शोल । दक्षिण कोरियाका प्रशिक्षक पाउलो बेन्टोले चोटका कारण आराममा रहेका सन ह्युङ मिनलाई विश्वकपका लागि कतार भ्रमण गर्ने टोलीमा स्थान दिइने बताएका छन् । तर उनले आफ्ना कप्तान कतारमा टोलीको पहिलो खेलका लागि फिट हुनेमा भने शंका व्यक्त गरे ।

टोटनहमका फरवार्ड सनको आँखाको छेउमा भाँचिएको हाडको सफल शल्यक्रिया भएको थियो । ९ दिनअघि च्याम्पियन्स लिगअन्तर्गतको खेलमा मार्सेमाथि २-१ को जित हासिल गर्दा सन घाइते भएका थिए ।

सनले बुधबार मात्र इन्स्टाग्राम पेजमा लेख्दै विश्वकप खेल्ने आफ्नो वाल्यकालदेखिको सपना भएको उल्लेख गरेका थिए । उनले ‘विश्वकपमा सुन्दर देशलाई प्रतिनिधित्व गर्न आतुर रहेको’ लेखेका थिए ।

समूह ‘एच’ मा रहेको दक्षिण कोरियाले आगामी नोभेम्बर २४ मा उरुग्वेसँग खेल्दै कतार विश्वकपको यात्रा थाल्नेछ । बेन्टोले पहिलो खेलमा फिट भइनसके पनि सनले विश्वकप गुमाउने चर्चाको सोझै खण्डन गरे ।

‘पक्कै पनि उनी टिममा हुने छन् । तर उनलाई ठिक हुनका लागि पर्याप्त समय दिनुपर्छ । हामी हरेक दिन उनको परिक्षण गर्नेछौं र खेलका लागि तयार भएनभएको विचार गर्नेछौं,’ बेन्टोले भने, ‘पहिला उनलाई टिममा स्वागत गरौं । त्यसपछि सही निर्णय गर्नका लागि हामीसँग पर्याप्त समय हुनेछ ।’

२०१८ को रुस विश्वकपमा पनि खेलेका सन जति सक्दो चाँडो टिममा फर्कन हतारिनु स्वभाविक भएको बताउँदै बेन्टोले उनलाई पूरा फिट भएपछि मात्र मैदान उतार्ने बताए ।

‘उनी विश्वस्तरीय खेलाडी हुन् । विश्वकपको यात्रामा हामीलाई उनको आवश्यकता पर्नेछ । त्यसैले हामीले उनलाई टिममा राख्ने निर्णय गरेका हौं । तर हामी उनलाई पूरा फिट नभइकन मैदान उतारेर जोखिम पनि लिने छैनौं,’ उनले थपे ।

घाना र पोर्चुगलसमेत रहेको समूहलाई ग्रुप अफ डेथ मानिएको छ । जहाँबाट दक्षिण कोरियालाई अघिल्लो चरण पुग्न चुनौतीपूर्ण हुनेछ । तर बेन्टोले अहिल्यै सनको उपस्थिती र टिमको भविश्यबारे सोच्ने समय आइनसकेको बताए ।

गत सिजन इङ्लिस प्रिमियर लिगमा लिभरपुलका मोहम्मद सालाहसँगै उच्च गोलकर्ताले पाउने गोल्डेन बुट संयुक्त रुपमा हासिल गरेका सन दक्षिण कोरियामा निक्कै लोकप्रिय छन् । एक सय चार अन्तर्राष्ट्रिय खेलमा ३५ गोल गरेका सनको उपस्थितीले कतारमा दक्षिण कोरियाको भाग्य निर्धारण गर्ने मान्ने धेरै छन् । पछिल्ला १४ खेलमा मात्र ९ गोल गरेका उनी अहिले उच्च स्कोरिङ फर्ममा छन् ।

क्लब स्तरमा अझैसम्म कुनै उपाधि जित्न नसके पनि २०१८ मा दक्षिण कोरियाले सनकै नेतृतवमा एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो