नेपाल टी २० लिग

नेपाल टी २० लिगका बाँकी दुई टिम सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक फ्रेन्चाइज लिग नेपाल टी २० को बाँकी दुई टिमको नाम र मालिक सार्वजनिक गरिएको छ ।

क्यानले बिहीबार पत्रकार सम्मेलनमार्फत दुई टिमको बाँकी रहेका दुई टिमको नाम र मालिक सार्वजनिक गर्यो ।

बाँकी रहेको दुई टिमको नाम पोखरा एभेन्जर्स र फारवेस्टर्न युनाइटेड राखिएको छ । पोखराका मालिकहरुमा सुबोध त्रिपाठी र अतिस ज्ञवाली छन् भने फारवेस्टर्नको स्वामित्व भेन्चर्स, बेलायत र रुपिन्दर बग्गाले दिएका छन् ।

प्रतियोगिताको लागि क्यानले यसअघि नै चार टिम जनकपुर रोयल्स, कान्तिपुर क्यापिटल्स, लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सको नाम सार्वजनिक गरिसकेको छ ।

प्रतियोगिता असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म हुने तालिका छ ।