आश्विन ७, २०८२ बुधबार | १६:४३:२२
हिमाल अर्याल र प्रभा आङ्देम्बेले विश्व पारा एथलेटिक्समा प्रतिस्पर्धा गर्ने एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा १६ नेपाली खेलाडी मलेसियन सुपर वुमन शृंखलाः सीता सम्मिलित सेन्ट्रल सुपर गर्ल्सको विजयी सुरुआत अब बिश्राम लिने निर्णयमा पुगेको छुः भलिबल प्रशिक्षक भट्ट समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने आइसिसीको निलम्बनमा पर्यो अमेरिकी क्रिकेट बोर्ड इएफएल कपः चेल्सीको पुनरागमन जित रियालको विजयी यात्रा जारी श्रीलंकविरुद्ध पाकिस्तान विजयी झापा महिला गोल्डकप विजेतालाई १० लाख हिमाल अर्याल र प्रभा आङ्देम्बेले विश्व पारा एथलेटिक्समा प्रतिस्पर्धा गर्ने एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा १६ नेपाली खेलाडी मलेसियन सुपर वुमन शृंखलाः सीता सम्मिलित सेन्ट्रल सुपर गर्ल्सको विजयी सुरुआत अब बिश्राम लिने निर्णयमा पुगेको छुः भलिबल प्रशिक्षक भट्ट समाज कल्याणको आयोजनामा फुटबल प्रतियोगिता हुने आइसिसीको निलम्बनमा पर्यो अमेरिकी क्रिकेट बोर्ड इएफएल कपः चेल्सीको पुनरागमन जित रियालको विजयी यात्रा जारी श्रीलंकविरुद्ध पाकिस्तान विजयी झापा महिला गोल्डकप विजेतालाई १० लाख

मलेसियन सुपर वुमन शृंखलाः सीता सम्मिलित सेन्ट्रल सुपर गर्ल्सको विजयी सुरुआत

काठमाडौं । सीता रानामगरको कप्तानीमा रहेको सेन्ट्रल सुपर गर्ल्सले बुधबारदेखि सुरु भएको मलेसियन सुपर वुमन शृंखलामा विजयी सुरुआत गरेको छ ।

सेन्ट्रलले इन्दु बर्माको कप्तानीमा रहेको वेस्टर्न वन्डर वुमन टोलीविरुद्ध २४ रनको जित निकाल्यो ।

सेन्ट्रलले प्रस्तुत गरेको ६७ रनको लक्ष्य पछ्याएको वेस्टर्न ४२ मै समेटियो ।

वेस्टर्नका लागि अइना नजवाले सर्वाधिक ११ रन बनाइन् । यसैगरी नेपालका नेपाली खेलाडी सावित्री धामीले पाँच, रचना कुमारी चौधरीले एक रन बनाउँदा कप्तान इन्दुले रनको खाता खेल्न सकिनन् ।

सेन्ट्रलका लागि सोनाम सोनाम र अमलिन सोर्फिनाले समान तीनसीताले दुई तथा राजमती ऐरि र रिया शर्माले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट्रलले १७.३ ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो ।

सेन्ट्रलका लागि वान जुलियालेले सर्वाधिक २७ रनको योगदान गरिन् । यसैगरी रिया शर्माले ६, कप्तान सीता राना मगरले चार रनज बनाउँदा राजमती ऐरि खाता पनि खेल्न नपाइ पभेलियन फर्किइन् ।

रचनाकुमारी चौधरी, कन्याकोर्न बुन्थानसेन र माहिरा इज्जतीले समान दुई विकेट लिए ।