काठमाडौं । झापा महिला गोल्डकपको विजेतालाई १० लाख रुपैयाँ प्रदान गरिने भएको छ ।
मंगलबार झापा महिला गोल्डकप आयोजक समितिले पुरस्कार राशि सार्वजनिक गर्याे ।
प्रतियोगिता कात्तिक १५ देखि २२ गतेसम्म नवनिर्मित दुधे रंगशाला, शिवसताक्षीमा हुनेछ । महिला फुटबल गोल्डकपमा यो नेपालकै सर्वाधिक पुरस्कार राशि भएको आयोजकको दाबी छ ।
यसैगरी उपविजेताले ५ लाख रुपैयाँ पाउँदा सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा आयोजकको एउटासहित नेपालका त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता सुनिश्चित भइसकेको छ। यस्तै शीर्ष डिभिजनका दुई तथा भारत र भुटानबाट समान एक टोलीलाई सहभागी गराउने प्रयासमा आयोजक छ ।