काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले याे वर्षकाे अन्त्यसम्मका लागि सार्वजनिक गरेको क्यालेन्डर अनुसार मैत्रीपूर्ण खेल कार्तिक ९ गते सिक्किममा खेलाइने छ ।
नेपालले पछिल्लो पटक एएफसी महिला एसिया कप छनोट प्रतियोगिता खेलेको थियो । यसैगरी भारत एएफसी महिला एसिया कपको तयारीमा छ ।
यसैगरी नेपालले मंसिर ८ देखि १६ सम्म इन्डोनेसियामा त्रिदेशीय मैत्रीपूर्ण फुटबल पनि खेल्नेछ ।
नेपालले गत वर्ष घरेलु मैदानमै लाओस र कीर्गिस्तानसँग त्रिदेशी मैत्रीपूर्ण खेल खेलेको थियो ।
यस्तै दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिप मंसिर १९ देखि पुस ५ सम्म दशरथ रंगशालामा हुने भएको छ ।
भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa