काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा भुटानले सान्त्वना जित हासिल गरेको छ ।
सोमबार कोलम्बोस्थित ‘कोलम्बो स्पोर्टस कम्प्लेक्स’मा सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा भुटानले माल्दिभ्सविरुद्ध १-० को कठिन जित हासिल गर्यो । भुटानका लागि थिन्ले धेनदुप दोर्जीले १०औं मिनेटमा निर्णायक गोल गरे ।
दुबै टोली यसअघि नै सेमिफाइनल समीकरणबाट बाहिरिसकेका थिए । चार टोली रहेको समूह ‘बी’मा दुबैले सुरुआती दुई खेलमा पराजय बेहोरेका थिए । यो समूहबाट भारत र पाकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन् ।
समूह ‘ए’बाट बंगलादेश र नेपालले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल खेलहरु बिहीबार हुनेछन् । पहिलो खेलमा बंगलादेशले पाकिस्तानको सामना गर्नेछ । दोस्रो खेलमा भारत र नेपाल आमने–सामने हुनेछन् ।
भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa