काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा आइबार सासौलोविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै चार खेलमा ६ अंक जोडेको इन्टर १०औं स्थानमा छ । पराजित सासौलो समान खेलबाट तीन अंकका साथ १४औं स्थानममा छ ।
सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्कोले एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । सासौलोका लागि वालिद चेदिराले गोलल फर्काए ।
खेलको १४औं मिनेटमा डिमार्कोको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । उनले क्रिश्चियन पुलिसिकको पासलाई पोस्टको दिशा दिए ।
सासौलोका रक्षक तारिक मुहारेमोभिचबाट ८१औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा इन्टरको अग्रता दोब्बर बन्यो । त्यसको तीन मिनेटपछि चेदिराले गोल गर्दै सासौलोलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa