काठमाडौं । पिसा एफसीविरुद्ध ३-२ को रोमाञ्चक जित निकाल्दै नापोली इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।
लगातार चौथो जितसँगै नापोलीले चार खेलमा १२ अंक जोडेकाे छ । पराजित पिसा समान खेलबाट एक अंकका साथ १९औं स्थानमा छ ।
सोमबार डियगो अर्मान्डो म्याराेडोना रंगशालामा सोमबार घरेलु टाेली नापोलीलाई जित दिलाउन बिली गिलमोर, लियोनार्डो स्पिनाजोला र लोरेन्जो लुक्काले गोल गरे । पिसाका लागि एम’ बाला एनजोला र लोरेनले गोल फर्काए ।
खेलको ३९औं मिनेटमा गिलमोरको गोलमार्फत नापोलीले अग्रता लिएको थियो । ६०औं मिनेटमा बालाले पेनाल्टीमार्फत पिसालाई बराबरीमा ल्याए ।
स्पिनाजोलाले ७३औं मिनेटमा गोल गर्दा नापोली २-१ ले अगाडि बढ्यो । ९ मिनेटपछि नै लुक्काले नापोलीका लागि तेस्रो गोल गरे ।
निर्धारित समयको अन्तिम मिनेटमा लोरेन गोल गर्दै पिसालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।