काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले समय नदिएपछि नेपाल सुपर लिग (एनएसएल) को आयोजना अनिश्चित बनेको छ ।
केही महिना अघि काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न एन्फाकाे साधारण सभाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै एनएसएलको चौथो संस्करणका लागि सेप्टेम्बर-नोभेम्बरको समय दिएको थियो ।
तर, मंगलबार एन्फाले यस वर्षको अन्तिमसम्मका लागि सार्वजनिक गरेको परिमार्जित क्यालेन्डरमा एनएसएलको नाम समावेश छैन ।
एन्फाले पहिलो पल्ट फ्रेन्चाइज महिला लिग गर्न फागुन ९ देखि १६ गतेसम्मको समय छुट्टाएको छ । तर, सन् २०२१ देखि हुँदै आएको पुरुष फ्रेन्चाइज प्रतियोगिता एनएसएलले भने समय पाएको छैन ।
हालसम्म एनएसएलको तीन संस्करण सम्पन्न भइसकेका छन् । पहिलो संस्करणमा काठमाडौं रेजर्स च्याम्पियन बन्दा त्यसपछिका दुई संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।
भिडियो
NEPAL CRICKET TEAM आज UAE प्रस्थान गर्दै
Private video
KHELADI TALKS WITH AJAY PHUYAL II KABIRAJ NEGI LAMA II MEDEALIST, PARAOLYMPIAN TAEKWONDO COACH
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa