काठमाडौं । अमेरिकी क्रिकेट बोर्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा पारेको छ । बारम्बार विधानअनुसारका दायित्व पूरा नगरेको भन्दै आइसिसी बोर्ड बैठकलले अमेरिकाको सदस्यता खारेज गरेको हो ।
संघले शासन संरचना सुधार नगरेको, अमेरिकाको ओलम्पिक तथा पारा-ओलम्पिक समितिसँग राष्ट्रिय निकायको मान्यता लिन चासो नदेखाएको र विभिन्न गतिविधिले विश्व क्रिकेटमै बदनाम पारेको आरोप आइसिसीले लगाएको छ।
क्रिकेट बोर्ड निलम्बन भए पनि अमेरिकी राष्ट्रिय टोलीले भने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ । तर टोलीका व्यवस्थापन अब अस्थायी रूपमा आइसिसी वा त्यसका प्रतिनिधिले गर्नेछन्।
आइसीसीले ‘नर्मलाइजेसन कमिटी’ गठन गरी अमेरिकी क्रिकेटलाई आवश्यक सुधारका कदम चाल्न निर्देशन दिने र प्रगतिलाई अनुगमन गर्ने जनाएको छ।
यसअघि २०२४ को वार्षिक साधारण सभामा अमेरिकी क्रिकेटलाई ‘अन नोटिस’ मा राखिएको थियो तर निर्देशन अनुसारका सुधार नगरेकाले अहिले सदस्यबाट हटाइएको हो ।
यसअघि आइसिसीले सन् २०१६ देखि २०१९ सम्म नेपाल क्रिकेट संघ (क्यान) लाई पनि निलम्बन गरेको थियो । त्यतीबेला क्यान निलम्बनमा परे पनि नेपाली टोलीले भने अन्तर्राष्ट्रिउ.य प्रतियोगितामा सहभागिता जनाएको थियो ।