माघ ३, २०८२ शनिबार | ०९:४७:५२
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

अब बिश्राम लिने निर्णयमा पुगेको छुः भलिबल प्रशिक्षक भट्ट

काठमााडौं । पछिल्लो खेलाडी छनोटको विषयले विवाद लिएपछि भलिबल प्रशिक्षक जगदिश भट्टले तीन दशकदेखिको संघसँगको आबद्धताबाट बिश्राम लिने निर्णय गरेका छन् ।

उनले समाजिक सञ्जालमार्फत आफु भलिबलका गतिविधिमा संलग्न नहुने बताएका हुन् ।  

‘बिगत तीन दशकको यात्रामा मैले जे-जे गरें, त्यो पेशा र राष्ट्रको धर्म सम्झेर मात्र गरे । नेपाली भलिबललाई यहाँ ल्याउन मैले गरेको योगदान सबै माझ छर्लङ्ग छ । अझ राम्रो गर्न खोज्दा आइपर्ने हरेक समस्याको समाधान गर्दै आज यहाँसम्म आइपुगेको छु । यस यात्रामा साथ, पेशा र राष्ट्रका खातिर पटक-पटक अवहेलना सहदै थोरै भए पनि केही गरौं भन्ने सोचका साथ लागेको थिएँ । तर अब त्यो अवस्था रहेन । त्यसैले आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) कार्यक्रमबाहेक (त्यो पनि जागिरमा रहेसम्म) अन्य कुनै गतिविधि (छनोट वा सहभागीता) मा संलग्न नहुने निर्णय लिएको छु,’ भट्टले लेखेका छन् ।

यसैगरी प्रशिक्षक भट्टले निस्वार्थ भावनले काम गर्दा पनि भलिबल परिवारबाटै सहयोग नपाएको आरोप लगाएका छन् ।

‘अभाव र प्रभावका बीच निस्वार्थ भावले काम गर्दा आफ्नै भलिबल परिवारबाट पाएको असहयोग र पटक पटक खेप्नु परेको आलोचनाको पीडाले मेरो स्वास्थ्य अवस्था समेत बिग्रिएको छ। त्यसैले नकारात्मक, निराशावादी र स्वार्थी व्यक्तिहरूको झुन्डबाट अलग हुँदै अब बिश्राम लिने निर्णय लिएको छु। तर भलिबल खेल मेरो आत्मा हो । यो सदैव मेरो जीवनसँग रहनेछ ।’

भट्ट विभिन्न जिम्मेवारीमा रहेर तीन दशकदेखि नेपाली राष्ट्रिय भलिबल टोलीसँग जोडिएका छन् । हाल उनी राखेपको प्रमुख भलिबल प्रशिक्षक हुन् ।

भट्टको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले दुई पटक एभिसी सेन्ट्रल जोन प्रतियोगितामा स्वर्ण, सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगमा रजत, च्यालेन्ज कपमा कांस्य र दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate