कार्तिक २७, २०८२ बिहीबार | २१:३८:१२
नजिबुल्लाह जाद्रन कर्णालीमा अनुबन्ध अन्तर्राष्ट्रिय फुटबलमा दीपेशको डेब्यु मधेशविरुद्ध लुम्बिनी विजयी रोहितको गोलमा बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता विराटनगरले पूरा गर्यो विदेशी खेलाडीको कोटा काठमाडौंले पोखरालाई हरायो महेन्द्र आदर्श विद्यालयलाई लायन्स कप फुटसलको उपाधि सुदूरपश्चिमको स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाइको निरन्तरता जन जागृतिलाई हराउँदै चित्लाङ राष्ट्रिय लिगमा छनोट बंगलादेशविरुद्ध एरिक बेन्चमा नजिबुल्लाह जाद्रन कर्णालीमा अनुबन्ध अन्तर्राष्ट्रिय फुटबलमा दीपेशको डेब्यु मधेशविरुद्ध लुम्बिनी विजयी रोहितको गोलमा बंगलादेशविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता विराटनगरले पूरा गर्यो विदेशी खेलाडीको कोटा काठमाडौंले पोखरालाई हरायो महेन्द्र आदर्श विद्यालयलाई लायन्स कप फुटसलको उपाधि सुदूरपश्चिमको स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाइको निरन्तरता जन जागृतिलाई हराउँदै चित्लाङ राष्ट्रिय लिगमा छनोट बंगलादेशविरुद्ध एरिक बेन्चमा

अब बिश्राम लिने निर्णयमा पुगेको छुः भलिबल प्रशिक्षक भट्ट

काठमााडौं । पछिल्लो खेलाडी छनोटको विषयले विवाद लिएपछि भलिबल प्रशिक्षक जगदिश भट्टले तीन दशकदेखिको संघसँगको आबद्धताबाट बिश्राम लिने निर्णय गरेका छन् ।

उनले समाजिक सञ्जालमार्फत आफु भलिबलका गतिविधिमा संलग्न नहुने बताएका हुन् ।  

‘बिगत तीन दशकको यात्रामा मैले जे-जे गरें, त्यो पेशा र राष्ट्रको धर्म सम्झेर मात्र गरे । नेपाली भलिबललाई यहाँ ल्याउन मैले गरेको योगदान सबै माझ छर्लङ्ग छ । अझ राम्रो गर्न खोज्दा आइपर्ने हरेक समस्याको समाधान गर्दै आज यहाँसम्म आइपुगेको छु । यस यात्रामा साथ, पेशा र राष्ट्रका खातिर पटक-पटक अवहेलना सहदै थोरै भए पनि केही गरौं भन्ने सोचका साथ लागेको थिएँ । तर अब त्यो अवस्था रहेन । त्यसैले आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) कार्यक्रमबाहेक (त्यो पनि जागिरमा रहेसम्म) अन्य कुनै गतिविधि (छनोट वा सहभागीता) मा संलग्न नहुने निर्णय लिएको छु,’ भट्टले लेखेका छन् ।

यसैगरी प्रशिक्षक भट्टले निस्वार्थ भावनले काम गर्दा पनि भलिबल परिवारबाटै सहयोग नपाएको आरोप लगाएका छन् ।

‘अभाव र प्रभावका बीच निस्वार्थ भावले काम गर्दा आफ्नै भलिबल परिवारबाट पाएको असहयोग र पटक पटक खेप्नु परेको आलोचनाको पीडाले मेरो स्वास्थ्य अवस्था समेत बिग्रिएको छ। त्यसैले नकारात्मक, निराशावादी र स्वार्थी व्यक्तिहरूको झुन्डबाट अलग हुँदै अब बिश्राम लिने निर्णय लिएको छु। तर भलिबल खेल मेरो आत्मा हो । यो सदैव मेरो जीवनसँग रहनेछ ।’

भट्ट विभिन्न जिम्मेवारीमा रहेर तीन दशकदेखि नेपाली राष्ट्रिय भलिबल टोलीसँग जोडिएका छन् । हाल उनी राखेपको प्रमुख भलिबल प्रशिक्षक हुन् ।

भट्टको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले दुई पटक एभिसी सेन्ट्रल जोन प्रतियोगितामा स्वर्ण, सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) नेसन्स लिगमा रजत, च्यालेन्ज कपमा कांस्य र दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । 


भिडियो
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र