कार्तिक २७, २०८२ बिहीबार | १९:५८:११
विराटनगरले पूरा गर्यो विदेशी खेलाडीको कोटा काठमाडौंले पोखरालाई हरायो महेन्द्र आदर्श विद्यालयलाई लायन्स कप फुटसलको उपाधि सुदूरपश्चिमको स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाइको निरन्तरता जन जागृतिलाई हराउँदै चित्लाङ राष्ट्रिय लिगमा छनोट बंगलादेशविरुद्ध एरिक बेन्चमा अनिलबहादुर गुरुङलाई पुरुष फुटसल टोलीको जिम्मेवारी महिला फुटसल टोलीको प्रशिक्षकमा विक्रम महर्जन मर्चेन्ट डी लाङ्ग नेपाल आइपुगे महिला विश्वकप खेल्ने कबड्डी टोलीको घोषणा विराटनगरले पूरा गर्यो विदेशी खेलाडीको कोटा काठमाडौंले पोखरालाई हरायो महेन्द्र आदर्श विद्यालयलाई लायन्स कप फुटसलको उपाधि सुदूरपश्चिमको स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाइको निरन्तरता जन जागृतिलाई हराउँदै चित्लाङ राष्ट्रिय लिगमा छनोट बंगलादेशविरुद्ध एरिक बेन्चमा अनिलबहादुर गुरुङलाई पुरुष फुटसल टोलीको जिम्मेवारी महिला फुटसल टोलीको प्रशिक्षकमा विक्रम महर्जन मर्चेन्ट डी लाङ्ग नेपाल आइपुगे महिला विश्वकप खेल्ने कबड्डी टोलीको घोषणा

महेन्द्र आदर्श विद्यालयलाई लायन्स कप फुटसलको उपाधि

काठमाडौं । महेन्द्र आदर्श विद्यालय लायन्स  कप गर्ल्स फुटसलको चौथो संस्करणमा च्याम्पियन बनेको छ ।

महेन्द्र आदर्शले फाइनलमा महालक्ष्मी विद्यालयलाई पेनाल्टी सुटआउटमा पराजित गर्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निणैय पेनाल्टी सुटआउटबाट लिइएको थियो  ।

लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसको आयोजनामा सम्पन्न प्रतियोगितामा भ्याली पब्लिक स्कुल तेस्रो र विश्वामित्र गणेश माध्यमिक विधालय चौथो स्थानमा रहे ।

कार्तिक २४ देखि २६ गतेसम्म भएको प्रतियोगितामा करिना तामाङ सर्वोत्कृष्ट खेलाडी चुनिइन् । मिन्जल लामा उच्च गोलकर्ता बनिन् ।

प्रतियोगितामा १७ विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगताका विजेतालाई प्रमुख अतिथी महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन लायन्स क्लबका डिस्ट्रीक गभर्नर महेश आचार्य, लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसकी अध्यक्ष सृष्टि बज्राचार्य डिस्ट्रीक चिफ स्पोर्टस तथा रोड सेफ्टीका  दिप्रश शाक्यले ट्रफी मेडल तथा प्रमाणपत्रका साथै स्कुल ब्याग स्टेसनरी केड कम्पनीबाट प्राप्त उपहारलगायतका विभिन्न सामग्रीहरु प्रदान गरेका थिए।

फाइनलमा अतिथीका रूपमा लायन्स क्लबका प्रथम भाइस डिस्ट्रीक गभर्नर लायन योगराज कडेल शर्मा,जोन चेयर पर्सन लायन बिनोद गौचन,प्रोग्राम कोअर्डिनेटर लायन सरु महर्जन लगायत लायन्स क्लब अफ ललितपुर रोयलका पदाधिकारी एवम सदस्यहरूको उपस्थिति थियो।

खेलकुदमार्फत महिला शसक्तिकरणमा योगदान गर्ने उद्देश्यले लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ ।


भिडियो
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र