काठमाडौं । नेपाल प्रिमियर लिग (एनिपिएल) को दोस्रो सिजनका लागि दक्षिण अफ्रिकन बलर मर्चेन्ट डी लाङ्ग नेपाल आइपुगेका छन् ।
उनले एनपिएलमा विराटनागर किंग्सबाट खेल्नेछन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका लाङ्गलाई विराटनगरका व्यवस्थापक विजयकुमार धितनलले स्वागत गरे ।
डि लाङ्गाले दक्षिण अफ्रिकाका लागि ६ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दा सात विकेट लिएका छन् । समग्रमा १५५ टी-ट्वान्टी खेल खेलेका उनले १७४ विकेट लिनुका साथै ४२० रन प्रहार गरेका छन् ।
पुबुदु दासानायके प्रशिक्षक रहेको विराटनगर विदेशी खेलाडीका रूपमा डी लाङ्गसँगै न्युजिल्यान्डका मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस, अस्ट्रेलियाका साम हिजलेट र स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ गतेसम्म हुँदैछ । विराटनगरले मंसिर २ मा कर्णाली यक्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
