कार्तिक २७, २०८२ बिहीबार | १६:२६:३४
बंगलादेशविरुद्ध एरिक बेन्चमा अनिलबहादुर गुरुङलाई पुरुष फुटसल टोलीको जिम्मेवारी महिला फुटसल टोलीको प्रशिक्षकमा विक्रम महर्जन मर्चेन्ट डी लाङ्ग नेपाल आइपुगे महिला विश्वकप खेल्ने कबड्डी टोलीको घोषणा नेपाल आइपुगे इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ भारतका प्रियाङ्क कर्णाली याक्समा म्यानचेस्टर युनाइटेडको विजयी यात्रा जारी बंगलादेशको सामना गर्दै नेपाल ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध बंगलादेशविरुद्ध एरिक बेन्चमा अनिलबहादुर गुरुङलाई पुरुष फुटसल टोलीको जिम्मेवारी महिला फुटसल टोलीको प्रशिक्षकमा विक्रम महर्जन मर्चेन्ट डी लाङ्ग नेपाल आइपुगे महिला विश्वकप खेल्ने कबड्डी टोलीको घोषणा नेपाल आइपुगे इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ भारतका प्रियाङ्क कर्णाली याक्समा म्यानचेस्टर युनाइटेडको विजयी यात्रा जारी बंगलादेशको सामना गर्दै नेपाल ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध

महिला फुटसल टोलीको प्रशिक्षकमा विक्रम महर्जन

विक्रम महर्जन(बायाँ)लाई नियुक्ति पत्र हस्तान्तरण गर्दै एन्फा महासचिव किरण राई ।

काठमाडौं । विक्रम महर्जन राष्ट्रिय महिला फुटसल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्  ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार महर्जनलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको जानकारी दियो ।  उनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हतान्तरण गरेका थिए । 

उनले जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला फुटसल च्याम्पियनसिपमा टोलीको नेतृत्व गर्नेछन् ।

महर्जनलाई यसअघि पनि राष्ट्रिय पुरुष फुटसल टाेलीको प्रशिक्षण जिम्मेवारी दिइएको थियो । तर एन्फाले टिम दर्ता नगरेका कारण टोलीले एएफसी फुटसल एसियन कप छनोटमा सहभागिता जनाउन पाएको थिएन । 

एन्फाले गत वैशाख २२ देखि जेठ ५ सम्म ‘अन्तर विद्यालय फुटसल च्याम्पियनसिप’ आयोजना गरेको थियो । त्यस प्रतियोगिताबाट सम्भावना भएका खेलाडी र राष्ट्रिय खेलाडीलाई समेट्दै एन्फाले छनोट प्रतियोगिताका लागि तयारी थालेको थियो । प्रारम्भिक छनोटका लागि लागि ४५-५० खेलाडी बोलाइएको थियो । तर, एन्फाले प्राविधिक कारण देखाउँदै प्रशिक्षण सुरु हुन नपाउँदै बन्द गरेको थियो ।

यसैगरी एन्फाले नरेश श्रेष्ठलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । 


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder